मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित
मँगलबार सम्पन्न मिशन २ करोड, इन्टरनेश्नल चित्राश, कर्ण कायश्थ महिला समाज र मल्लिक पंजीकार समूहले सँस्थागत कार्यलाई उत्तम रुपमा प्रस्तुति दिएको भन्दै सम्मान गरिएको समाजकी ईशिता कर्णले जानकारी दिइन् ।

२०८१ बैशाख १२ बुधबार, राति १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।
नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको भन्दै सम्मान गरिएको हो ।
मँगलबार सम्पन्न मिशन २ करोड, इन्टरनेश्नल चित्राश, कर्ण कायश्थ महिला समाज र मल्लिक पंजीकार समूहले सँस्थागत कार्यलाई उत्तम रुपमा प्रस्तुति दिएको भन्दै सम्मान गरिएको समाजकी ईशिता कर्णले जानकारी दिइन् ।
स्वजातीय समाजमा सँस्थाहरुको लगानी र समाजिक कार्यमा दिएको योग्दानको प्रशँसा गर्दै सँस्थालाई सम्मान गरिएको जनाइएको हो ।
आधुनिकता र व्यवस्ततासँगै जातीय गुण, पुर्खौली रितिरिवाजलाई पन्छाउन थालेपछि मल्लिक पंजीकार समूहले यसलाई जीवन्त राख्नको लागि विभिन्न कार्यक्रम, अभियान सँचालन गर्दै आएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…