नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ भोली सिरहा आउँदै

२०८१ बैशाख ९ आइतबार
रति ९:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुण दल सिरहाको कार्यक्रममा सहभागी हुन केन्द्रीय अध्यक्ष विद्धान गुरुङ सिरहा आउने भएको छ । 

सिरहा, नेपाल तरुणदल सिरहाले भोलि सोमबार आयोजना गरेको नयाँ बर्षको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागीता जनाउन उनी सिरहा आउन लागे तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डलले जानकारी दिए । 

जिल्ला सभापति मण्डलकै नेतृत्वमा हुने शुभकामना आदान प्रदान कार्यक्रममै सिरहाको दलीय वस्तुस्थितको बारेमा जानकारी गराउने र जानकारी लिने कार्यक्रम तय भएको बताईएको छ । 

सिरहा जिल्ला भरिका नेपाल तरुणदलका युवाहरु लगायत नेपाली कांग्रेसका वरिष्ठ नेतागनहरुको उपस्तिथि रहने सभापति मण्डलले बताए ।  भोलि दिनको १ बजे देखि कार्यक्रम गोलबजार पनचु पार्टी प्यालेसमा कार्यक्रम आयोजन गरिएको आयोजकले जनाएको छ । 

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतका पारुल र डिआईटी युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५०% स्कोलरसीपमा पढाउने

  • २०८१ बैशाख ९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतस्थित रहेको दुईवटा युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृतिमा अध्ययन अध्ययापन गराउने भएको छ ।  बुधबार जनकपुरधामस्थित क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले पत्रकार सम्मेलन गरी भारतको

पूरा पढ्नुहोस्

Bureau Menus