बोर्डिङगभन्दा सयौँ गुणा राम्रो तिनकोरियाको नमुना विद्यालय, अझै सकेनन् अभिभावकको लाईन

२०८१ बैशाख ७ शुक्रबार
रति ९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा सबभन्दा अधिक विद्यार्थी अध्ययनरत धनुषाको नमुना विद्यालयको रुपमा पहिचान बनाएको जनता नमुना माध्यमिक विद्यालय गिद्धा बेलापट्टिमा नामाँकनको लागि अभिभावकलाई अझै सकिरहेको छैनन् । 

देशभरिमै चैत्त मसान्तभित्रै परीक्षाफल प्रकाशित गरेर अर्को नमुना कार्य गरेको नमुना विद्यालय गिद्धा बेलापट्टिले बैशाख १ गतेदेखि नै भर्ना अभियान सुरु गरिसक्यो । अन्य विद्यालयहरुले बैशाखमा घरदैलो अभियान सँचालन गरिरहेको बेला यी विद्यालयले चैत्त महिनामै घरदैलो अभियान सकाईसकेको छ । भर्ना खोलिएपछि बैशाख ७ गतेसम्म अभिभावकको लाईन अझै समाप्त भएको छैनन् । 

धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया चोकस्थित सँचालनमा रहेको यी स्कूल मधेश प्रदेशमा सबभन्दा अधिक विद्यार्थी पढाउने विद्यालयको रुपमा स्थापित भएको हो । एक समुदायिक विद्यालयमा के कतिको सुविधा हुन्छ भन्नेमा शंका व्यक्त गर्ने अभिभावकहरु विद्यालय पुगेपछि आश्यर्चकित हुन्छन् । यी विद्यालयमा भएको सेवा सुविधा अन्य कुनै नीजी विद्यालयमा समेत छैनन् । 

एकआध बाहेक देशैभरि समुदायिक विद्यालयको अवस्था जर्जर रहेको अवस्थामा प्रधानाध्यापक पवन मण्डल र टीमको प्रयासले मधेश प्रदेशभरिमा नमुना विद्यालय बनाउन सफल भएको हो । सोही कार्यको लागि प्रधानाध्यापक मण्डलले दर्जनौ अवार्ड समेत पाउन सफल भएका छन् । 

स्थानीय समुदाय, प्रधानाध्यापक, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको कुशल नेतृत्वदायी भूमिकाका कारण विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको व्यावस्थापन समितिका अध्यक्ष राधेश्याम गोईतले बताए । सुविधा सम्पन्न भवन बनेसँगै पठनपाठनमा सहज भएको छ । सदरमुकाम आसपास रहेको यस विद्यालयमा निजी विद्यालयबाट विद्यार्थी जाने क्रम बढेको छ ।

साधारणतर्फ कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा पशु विज्ञान, साइन्स, मेनेजमेन्ट, शिक्षा विषयतर्फको पठनपाठन हुन्छ । यस विद्यालयमा अंग्रेजी तथा नेपाली माध्यममा कक्षा १२ सम्म नै पढाइ हुने भएकाले ६ हजार चार सय विद्यार्थी रहेका छन् । विद्यालयमा अंग्रेजी माध्यमको पढाइका लागि १५ दिन मात्रै भर्ना खोलिने गरेको प्रधानाध्यापक पवन कुमार मण्डलले बताए ।

विद्यालयमा स्थानिय सरकार, प्रदेश सरकार र नेपाल सरकारको सहयोग जुटाएर करिब १० करोड रुपैयाँ लागतमा भवन बनाइएको थियो । यस भवनमा कम्प्युटर, आइसिटी उपकरण, बाद्यवादन राखिएको प्रधानाध्यापक मण्डलले बताए । समुदायको एकता र सरोकारवाला निकायको निरन्तर सहयोगका कारण विद्यालय यो स्थानमा आइपुगेको उनले बताए ।

विद्यालयमै बोर्डिङग स्कूल सँचालन गरेपछि आसपासको बोर्डिङग स्कूलमा अध्ययनरत विद्यार्थीहरुले नीजि विद्यालय छाडेर समुदायिक विद्यालयमा नामाकँन गर्न आउन थालेका छन् । करिब ६५०० को हाराहारीमा विद्यार्थी सँख्या रहेको सो विद्यालयमा नियम कडाई लागू भएपछि विद्यार्थीहरु बिरलै अनुपस्थित हुने गरेको छ । 

विद्यालयमा ८८ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन् । एक समुदायिक विद्यालयमा ८८ जना शिक्षक शिक्षिका पढाउनु विद्यालयको अवस्थालाई आँकलन गर्न सकिन्छ । यही कारणले पनि आसपासका बोर्डिङग स्कूल सँचालकहरुले प्रधानाध्यापक मण्डललाई पटक पटक लक्षित समेत गर्दै आएको बताईन्छ । पवन मण्डल र स्कूलका शिक्षक शिक्षिका तथा कर्मचारीहरुको हातोमालोले शिक्षा क्षेत्रमा नयाँ क्रान्तीको बिगुल दिइएको हो । 

  • 90%
  • 0%
  • 1%
  • 0%
  • 0%
  • 1%

गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत 'दे दन प्यार गोरी' सार्वजनिक 

  • २०८१ बैशाख ७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रिय कलाकार सागर लम्साल (बले) र शिल्पा पोखरेलले अभिनय गरेका

पूरा पढ्नुहोस्

Bureau Menus