नेपालमा हिन्दु एकताको जरुरी छः धीरेन्द्र शास्त्री
वैशाख १ गतेदेखि सुरु भएको महायज्ञमा सहभागी हुन उनी ५ वैशाखमा चतरा आईपुगेका हुन् । शास्त्रीले चतरामा ९ वैशाखसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ। शास्त्री यसअघि गत भदौमा पहिलो पटक नेपाल आएका थिए।

२०८१ बैशाख ७ शुक्रबार, बिहान ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धरान । चर्चित कथावाचक बागेश्वरधाम सरकार उर्फ धीरेन्द्र शास्त्रीले नेपालमा हिन्दुहरुको एकताको अति आवश्यकता रहेको बताएका छन् ।
सुनसरीको बाराह क्षेत्रमा आयोजन गरिएको महायज्ञमा प्रवचन दिन चतराधाम आईपुगेका बागेश्वरधाम सरकारले नेपालमा हिन्दु एकताको आवश्कता औल्याएँ । कथाको क्रममा उनले नेपालको धर्म सँस्कृति र धरोहरलाई विदेशी शक्तिले नजर लगाएको भन्दै यसलाई संरक्षणको लागि हिन्दु एकताको आवश्यकता रहेको बताए ।
नेपालको धर्म सँस्कृति सनातनदेखि नै बलियो रहेको बताउँदै उनले केही विदेशी शक्तिले नजर लगाउन खोजेको भन्दै हिन्दुहरु एक हुनुपर्ने धारणा राखे ।
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १, चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसर पारी रामानन्दाचार्य सेवा पीठले सुरु गरेको संकटमोचन श्रीहनुमद महायज्ञमा प्रवचन दिन शास्त्री बाराह क्षेत्र आएका हुन् । उनी अझै तीन दिन सोही ठाउँमा प्रवचन दिने कार्यक्रम रहेको छ ।
वैशाख १ गतेदेखि सुरु भएको महायज्ञमा सहभागी हुन उनी ५ वैशाखमा चतरा आईपुगेका हुन् । शास्त्रीले चतरामा ९ वैशाखसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ। शास्त्री यसअघि गत भदौमा पहिलो पटक नेपाल आएका थिए।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलको निमन्त्रणामा नेपाल आएका उनले नवलपरासीस्थित शाश्वतधाममा २ देखि ४ भदौसम्म हनुमन्त कथा वाचन गरेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…