मधेश प्रदेश स्वास्थ्य मन्त्री सिँहको स्वकीय सचिवमा कुशवाहा
यसअघि गृहमन्त्री भएको बेला समेत विश्वासको पात्र मानिएका कुशवाहा स्वकीय सचिवमा नियुक्त भएका थिए । बीचमा भएको सरकार ब्रेकपछि पुनः बनेको नयाँ मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री बनेपछि रोशन सिँह कुशवाहाले स्वकीय सचिवको जिम्मेवारी पाएका हुन् ।

२०८० चैत २९ बिहीबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसँख्यामन्त्री सत्रुधन प्रसाद सिँहको स्वकीय सचिवमा रोशन सिँह कुशवाहा नियुक्त भएका छन् ।
यसअघि गृहमन्त्री भएको बेला समेत विश्वासको पात्र मानिएका कुशवाहा स्वकीय सचिवमा नियुक्त भएका थिए । बीचमा भएको सरकार ब्रेकपछि पुनः बनेको नयाँ मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री बनेपछि रोशन सिँह कुशवाहाले स्वकीय सचिवको जिम्मेवारी पाएका हुन् ।
मन्त्री सिँहको विश्वासको पात्र भनिएका कुशवाहाले स्वकीय सचिवको जिम्मेवारी कुशल पूर्वक निर्वाह गरेको ध्यानमा राख्दै उनलाई पुनः स्वकीय सचिवको जिम्मेवारी दिइएको हो ।
मन्त्री सिँहको प्रशासन सहायक प्रथम श्रेणी सरह नियुक्ती दिइएको नियुक्ती पत्रमा उल्लेख छ ।
यस्तै, दोस्रो स्वकीय सचिवमा सतिश सिँहलाई नियुक्त गरिएको हो । उनलाई स्वकीय अधिकृत तेस्रो श्रेणीमा नियुक्त गरिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…