शौचालयको हद सफाइ गर्ने क्रममा मृत्यू मल्लिकको किरिया खर्च नगरपालिकाले दिने
केही मिडियाहरुमा नगरपालिकाले तलब भत्ता नबढाएको कारण हैरान भएको कुरा अफवाह मात्र रहेको नगरपालिकाले जनाएको छ । जम्मा १२ जना काम गर्दै थिए त्यसमा एकजना मल्लिक पनि थिए । उनी दैनिक ज्यालादारीमा राजीखुसी काम गर्दै थिए ।

२०८० चैत १९ सोमबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको मुख्य बजार धनुषाधाममा सर्वजानिक शौचालय सरसफाई गर्ने क्रममा मृत्यू भएका ठेकाइ मल्लिकको किरिया खर्च नगरपालिकाले तिर्ने भएको छ ।
सार्वजनिक शौचालय गुदरी बजार स्थित रहेका शौचालय आफनै नेतृत्वमा संचालनमा राखिएका ठकाई मल्लिक र उनका श्रीमती सरसफाई गर्ने क्रममा ग्याँसको कारण मृत्यू भएको मल्लिको परिवारको आर्थिक स्थितिलाई मध्यनजर गर्दै नगरपालिकाले किरिया खर्च सहयोग गर्ने बताएको हो ।
हद भित्र छिरेर बासको लक्सी लिएर जाम रहेको सिट भित्र छिरेर सफा गर्ने बेलामा माथिबाट उनकी श्रीमतिले पानी हाल्दै गर्दा लडेर उनको सोही टयाँकीभित्र मृत्यू भएको जनाइएको छ । हदभित्रको ग्याँसको कारण असहज समेत महसुत गरेका मल्लिकको तत्कालै मृत्यू भएको थियो ।
मल्लिक २०७६ साल देखि नगरपालिकामा ज्यालादारीमा काम गर्दै आएका थिए । मल्लिक दिनको ३५० को दरले विहान ७ बजे देखि १० बजे सम्म ३ घण्टा काम गर्दै आएका थिए ।
सार्वजनिक शौचालय मल्लिक आफ्नै नेतुर्तवमा चलाएको थियो । शौचालय रेखदेख सफाई गरि शौचालयबाट आउने आम्दानी आफैंले राख्दै आएको थिए । सोही शौचालय सफाई गर्ने क्रममा मृत्यु भएको स्थानीयले बताएका छ्न ।
केही मिडियाहरुमा नगरपालिकाले तलब भत्ता नबढाएको कारण हैरान भएको कुरा अफवाह मात्र रहेको नगरपालिकाले जनाएको छ । जम्मा १२ जना काम गर्दै थिए त्यसमा एकजना मल्लिक पनि थिए । उनी दैनिक ज्यालादारीमा राजीखुसी काम गर्दै थिए ।
मृतकको शव नगरपालिकाले शव वाहन गाडी बोलाई पोस्टमार्टम गराएको छ । हुने खर्छ सबै नगरपालिकाले तिरेको छ ।
धनुषाधाम नगरपालिकाको कार्यालयमा सरसफाकर्मीको रुपमा कार्यरत ठकाई मल्लिकको असमायिक मृत्यूमा नगरपालिकाले शोक व्यक्त गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…