न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाको भवनमा गाईवस्तु गर्भाधारण कार्य भईरहेको छ । सिरहा बजारस्थित अवस्थित नेपाल पत्रकार महासंघ सिरहा शाखाको आफ्नै भवन निर्माण भएपनि बर्षौदेखि भाडाको घरमा बस्दै आएपछि शंका उत्पन्न भएको छ ।
भव्य समारोहवीच २०७३ सालमा उद्घाटन गरिएको नेपाल पत्रकार महासंघ शाखा सिरहाको भवन अहिले गैर–परियोजनमा रहेको तथ्य फेला परेको छ।
पत्रकारको पहुँचबाट बन्चित रहेको महासंघ भवन बारे सर्वत्र आलोचना सहित सामाजिक संजालमा टिप्पणी भैरहेको देखिएको छ । नेपाल पत्रकार महासंघ शाखा सिरहाका सदस्य समेत रहेका पत्रकार सुरेन्द्र कामतीले आफ्नो फेसबुकवालमा महासंघ भवनको फोटो सार्वजनिक गर्दै लेख्छन्– “नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना । सशक्त तथ्यपूर्ण र मर्यादित पत्रकारिताको निमती महसंघले संचारकर्मीको क्षमता अभिवृद्धिमा जोड़ रहोस्।”
“भव्य समारोहविच २०७३ सालमा उद्घाटन गरिएको महासंघ सिरहा शाखाको यो भवन संचारकर्मीको उपयोगमा आउन सकोस्।” भनेर टिप्पणी गरेका छन् ।
वास्तवमा उक्त भवन नेपाली जनताको खुन पसीनाको कमाईबाट नेपाल सरकारलाई बुझाईएको करको रकमबाट निर्माण भएको भवन हो । तत्कालीन जिल्ला विकास समिति सिरहाबाट पत्रकारहरु स्तर वृद्धि र लोक कल्याणका निमती खट्ने पत्रकारहरुले एक ठाउँमा बसेर सामाजिक अन्याय विरुद्ध कलम चलाउनु पर्ने उदेश्यले निर्माण गरिएको उक्त भवन गैर परियोजन भईरहेको देख्दा सिरहाका केही पत्रकारहरु चिन्ता ब्यक्त गर्न थालेका हुन्।
नेपाल पत्रकार महासंघ शाखा सिरहाका तत्कालीन सभापति देवकुमार यादवले स्थानीय विकास अधिकारी सँगको समन्वयमा नेपाल पत्रकार महासंघ शाखाको भवन निर्माण गराउन लाखौ रकम छुट्याउन पहल गरेका थिए। सोही अनुरूप लाखौ रकम लगानीमा निर्माण गरिएको उक्त भवन परियोजन बिहीन बन्न थालेको देख्दा वैद्धिक व्यक्तिहरु चिन्ता व्यक्त गर्न थालेको छ ।
हुलाकी सडक पूर्ण रूपमा सञ्चालन भएर आएपछि मात्र अहिलेको भवनमा बस्न सकिने अवस्था रहेको तत्कालिन अध्यक्ष देव कुमार यादवको भनाई छ । नजिकै बस्ती रहेको मानिसहरू असहयोगी रहेको उनले प्रतिक्रिया दिएका छन् ।
न्यूज ब्यूरोको एक जिज्ञासामा यादवले भने, –“फोहरको डुङ्ग्रो र आसपासको बस्ती पोखरी सरसफाई महासंघ भवन निर्माण को लागि ६ वर्ष सम्म सरसफाई अभियान चलाएर त्यो स्थान एकल प्रयासमा प्राप्त गरे ।”
समाजिक सँजालमा पत्रकार कामतिले लेखेको केही टिप्पणीहरुको सन्दर्भमा तत्कालिन सभापति यादवले एउटा ईटा पनि सहयोग नगर्ने र भवन बन्दा एक दिन भौतिक उपस्थिति नहुने मानिस त्यस्तो भन्नु स्वभाविक रहेको भनेर प्रतिक्रिया दिए ।
उनले भने, –कार्य समितिमा सुरेन्द्र पनि छ, त्यहाँ बस्न र बसाउने वातावरण मिलाउन कसले रोक्यो ? विभिन्न कार्यालय ,पुलिस ,पालिकाबाट व्यक्तिगत सहयोग मागेर पत्रिकाको कार्यालय व्यवस्थापन गर्ने पत्रकारहरु महासंघको बाइड्तपनमा पनि जुट्नुपरो।
पत्रकारिताको उत्थानका लागि प्रयोग हुनु पर्ने भवनमा अहिले पशुचौपायालाई पाल (कृत्रिम गर्भधारण) दिने कार्यमा प्रयोग हुन थाले पछि उक्त महासंघ भवनले सिरहाका सम्पूर्ण पत्रकारितालाई लज्जित तुल्याउन थालेको छ।
२०७३ सालमा तत्कालीन नेपाल पत्रकार केन्द्रीय महासंघका अध्यक्ष महेन्द्र विष्टले गरेका थिए। महासंघ शाखा सिरहाका तत्कालीन सभापति देवकुमारको कार्यकालमा उद्घाटन गरिएको भवनमा अहिले पशुसेवा कार्यालय स्थापना छ।
चिन्ता त के छ भने नेपाल पत्रकार महासंघको आफ्नै भवन हुँदाहुँदै सिरहा सदरमुकाम स्थित प्रादेशिक अस्पतालको छेउमा मिश्रा निवासको कोठामा तत्कालिन सभापति देवकुमार यादव नियम विपरीत तरीकाले भाड़ा लिएर नेपाल पत्रकार महासंघको कार्यालय संचालन गर्दै आएको टिप्पणी छ ।
आफ्नै भवनलाई प्रयोजनमा ल्याउनको लागि कठिनाई हुने अवस्था समेत देखिदैनन् । मिश्रा भवन भाडामा लिएर महासंघ सँचालन गर्नु केही पदाधिकारीहरुको स्वार्थ रहेको बताइन्छ । आफ्नै भवनमा पशु सेवा सँचालन भइरहेकै अवस्थामा कार्यालय सँचालन गर्न भाडाको घरमा बस्नुपर्ने अवस्थालाई शंकास्पद देखिएको छ ।
तत्कालिन सभापति यादवको प्रतिक्रिया अनुसार विभिन्न सहयोगी हातहरुसँग हात जोडेर महासंघको भवन निर्माण गराएपनि प्रयोजनमा ल्याउनको लागि वर्तमान पदाधिकारीहरुले पहल नगरेको हो ।
तत्कालिन सभापति यादवले महासंघको अनुभवी पत्रकार तथा सल्लाहकारको रुपमा समेत रहेकोले उनको नैतिकतामाथि पनि शंका गरिएको अवस्था छ ।
NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित
- २०८० चैत १७ शनिबार
सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ । एनआइसी एसिया बैंक गोलबजार शाखाले
पूरा पढ्नुहोस्