ताला खुलेको २ महिना नबित्दै सिरहाको बिडी कलेजमा पुनः तालाबन्दी
बिनय यादव | सिरहा, २७ जेठ । ६ महिनाको तालाबन्दी खुलेको २ महिना नबित्दै सिरहाको मिर्चैया ५ मा अबस्थित श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा पुनः विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । ६ महिनाको तालाबन्दी खुलेको २ महिना नबित्दै निलम्बित कलेज प्रमुख संजय साहले आफू नै कलेज प्रमुख रहेको सूचना कलेजमा टाँस गरे

२०७५ जेठ २७ आइतबार, बिहान १०:०० बजे२ मिनेट पढाइ

बिनय यादव |
सिरहा, २७ जेठ । ६ महिनाको तालाबन्दी खुलेको २ महिना नबित्दै सिरहाको मिर्चैया ५ मा अबस्थित श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा पुनः विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
६ महिनाको तालाबन्दी खुलेको २ महिना नबित्दै निलम्बित कलेज प्रमुख संजय साहले आफू नै कलेज प्रमुख रहेको सूचना कलेजमा टाँस गरेपछि विद्यार्थीहरुले निलम्बन गरिएको प्रमुखको रोहबरमा आफुहरु नपढ्ने भन्दै पुनः तालाबन्दी गरेका हुन् ।
निलम्बित पुर्ब कलेज प्रमुख साहले पुनः कलेज प्रमुखमा काम गर्न पाउने मागसहित उच्च अदालत जनकपुर राजबिराजमा रिट निवेदन दायर गरेको छ ।
रिट उपरको प्रतिउत्तरको म्यादसम्म आफु नै कलेज प्रमुख रहेको निलम्बित साहले कलेजमा सूचना टाँस गरेको हो ।
तालाबन्दीका अगुवा विद्यार्थी लक्षमेश्वर कापरले निलम्बित संजय साहले कलेजलाई भद्रगोल गर्नमा लागेको र विद्यार्थीहरुको भविष्य अन्धकारमा पुर्याउन खोजेको कारण तालाबन्दी गरेको बताए ।
ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको संचालक समितिको २०७४ पुस १२ गतेको निर्णय अनुसार कलेज प्रमुख संजय कुमार साहले आर्थिक कारोबार ब्यबस्थापन समितिको निर्णय बिपरित मानोमानी ढंगले गरी आर्थिक अनियमितता गरेको, बिना बिज्ञापन आफ्नै अनुकुल शिक्षक भर्ना गरेको, आयब्यय पारदर्शी नगरी समितिको जानकारी बिना लेखापरिक्षण गराएको, कलेजमा कार्यरत कर्मचारीहरुलाई १६ महिनादेखि तलब उपलब्ध नगराएको, कलेजको भबन निर्माणका लागि आएको अनुदान रकम मनोपोली ढंगले खर्च गरेको, ब्यक्तिगत स्वार्थका लागि कलेजको सम्बन्धित निकायहरुमा फर्जी कागजातको प्रयोग गरेको भन्दै निज प्रमुख साहलाई कारबाही गरी उप–प्रध्यापक उमेश साहलाई निमित कलेज प्रमुख बनाएपछि प्रमुख संजय कुमार साहले दायर गरेको रिट निबेदन उच्च अदालत जनकपुर राजबिराज ईजलासले २०७४ चैत २५ गते खारेज गरेका थिए ।
कलेजको आयब्यय पारदर्शी र नियमित रुपमा पठनपाठनको माँग गर्दै यसअघि पटकपटक विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका थिए ।
कलेजका निमित प्रमुख उमेश साहले शौक्षिक व्यबस्थापन, कलेज ब्यबस्थापन समिति गठन, स्टाप मिटिङ्ग गरी खाता संचालन गर्ने र लामो समयदेखि बन्द रहेको पठनपाठन नियमित सुचारु गर्ने प्रतिबद्धता गरेपछि बिद्यार्थीहरुले तालाबन्दी खोलेका खोलेका थिए ।
यो पनि पढनुहोस्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…