जनकपुरः कारले मोरटसाईकललाई उडायो, युवकको मृत्यू !
धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार, भारतीय नम्बर प्लेटको कारले साहलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । तत्कालै उनलाई उपचारको लागि सेन्ट्रल अस्पतालमै पुरयाएपनि उनको उपचारको क्रममा मृत्यू भएको हो । कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।

२०८० चैत १३ मंगलबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एम्बुलेन्सले युवकलाई उडाएको घटनाको एक दिन नबित्दै जनकपुरधाम क्षेत्रभित्र फेरी कारले मोटरसाईकल चालकलाई उडाएको हो ।
जनकपुरधामदेखि लगत्तै रहेको धनुषाको लक्ष्ममिनियाँस्थित मोटरसाईकलमा सवार एक युवकलाई उडाएपछि ज्यान गएको छ । धनुषाको लक्ष्मनियाँ गाउँपालिका वडा नम्बर ४ लक्ष्मीनियाँ सपहीको बीचमा रहेको सेन्ट्रल अस्पताल नजिक भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा मोटरसाईकलमा सवार युवकको मृत्यू भएको हो ।
मृत्यू हुनेमा महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २५ को रामबाबु साह रहेका छन् । मँगलबार बिहान करिब ६ः१५ बजेको समयमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको मोटरसाईकललाई पछाडीबाट भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार, भारतीय नम्बर प्लेटको कारले साहलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । तत्कालै उनलाई उपचारको लागि सेन्ट्रल अस्पतालमै पुरयाएपनि उनको उपचारको क्रममा मृत्यू भएको हो । कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…