होली खेल्ने क्रममा ग्याँगफाईट, दुई जनाको मृत्यू, १८ जना पक्राउ
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।

२०८० चैत १२ सोमबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौँ । होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यू भएको छ ।
गएराति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको हो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका प्रहरीले जनाएको छ ।
पुजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।
घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…