मोनाष्टिक स्कूलमा महालक्ष्मी विकास बैँकको आर्थिक साक्षरता कार्यक्रम
न्यूज ब्यूरो, जनकपुरधाम । महालक्ष्मी विकास बैंकले "Global Money Week 2024" को अवसरमा "Protect Your Money, Secure Your Future" विषयमा आर्थिक साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ महालक्ष्मी विकास बैंकले "Global Money Week 2024" (March 18 - March 24) को अवसर पारेर, "Protect Your Money, Secure

२०८० चैत ७ बुधबार, दिउँसो ४:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महालक्ष्मी विकास बैंकले "Global Money Week 2024" को अवसरमा "Protect Your Money, Secure Your Future" विषयमा आर्थिक साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ
महालक्ष्मी विकास बैंकले "Global Money Week 2024" (March 18 - March 24) को अवसर पारेर, "Protect Your Money, Secure Your Future" विषयमा एक विशेष आर्थिक साक्षरता कार्यक्रम मोनास्टिक उच्च माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कूलमा सम्पन्न गरेको हो ।
यो कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तालाई आर्थिक साक्षरताको महत्व बुझाउनु र उनीहरूको आर्थिक सुरक्षाको लागि आधार तयार गर्नु रहेको बताईएको छ ।
यो कार्यक्रमले जनकपुरको युवा पुस्तालाई खास गरी १० कक्षा मुनिका विद्यार्थीहरूलाई लक्षित गर्दै आर्थिक साक्षरताको महत्व र उनीहरूको व्यक्तिगत आर्थिक सुरक्षाको आधार तयार गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रह्यो, जहाँ उनीहरूलाई विभिन्न आर्थिक अवधारणाहरू र बजारमा आफ्नो धन सुरक्षित राख्ने विधिहरूको बारेमा जानकारी प्रदान गरिएको जनाइएको छ ।
विद्यार्थीहरूलाई सजग र जिम्मेवार आर्थिक निर्णय गर्ने तरिकाहरू सिकाइएको थियो, जसले उनीहरूलाई आफ्नो भविष्य सुरक्षित गर्न मद्दत पुर्याउँछ।
यस कार्यक्रमको सफलताले न केवल विद्यार्थीहरूमा आर्थिक जागरुकता बढाएको छ तर साथै समुदायमा पनि सकारात्मक प्रभाव पारेको छ। महालक्ष्मी विकास बैंकले यस्ता कार्यक्रमहरूमार्फत सामाजिक जिम्मेवारीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
महालक्ष्मी विकास बैंक ूसशक्त बैंक, सफल सहकार्यू को नारा सहित ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। १०३ शाखा र ४९ एटीएमहरू मार्फत ५०० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…