सुनचाँदी व्यवसायी सँघ धनुषामा विश्वकर्मा चयन
विनय कुमार यादव | जनकपुरधाम, २६ जेठ । नेपाल सुनचाँदी व्यवसायी सँघ ईकाई कमिटि धनुषाको अध्यक्षमा दुर्गाराम विश्वकर्मालाई चयन गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी सँघको नयाँ कार्यसमिति गठन गरिएको हो । संघका धनुषा उपाध्यक्ष तथा सचिव दिपक कुमार

२०७५ जेठ २६ शनिबार, बेलुकी ७:१३ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, २६ जेठ । नेपाल सुनचाँदी व्यवसायी सँघ ईकाई कमिटि धनुषाको अध्यक्षमा दुर्गाराम विश्वकर्मालाई चयन गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिकामा सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी सँघको नयाँ कार्यसमिति गठन गरिएको हो ।
संघका धनुषा उपाध्यक्ष तथा सचिव दिपक कुमार ठाकुरको उपस्थितीमा व्यवसायीहरुलाई एक ठाउँमा भेला गरी ईकाई कमिटी गठन गरिएको हो ।
ईकाई कमिटिको अध्यक्षमा दुर्गाराम विश्वकर्मा , उपाध्यक्षमा फुठन यादव, सचिवमा प्रदीप साह, सह सचिवमा सत विक, कोषाध्यक्षमा दीपक साह रहेका छन् ।
यस्तै, समितिको कार्यकारी सदस्यमा जीत कुमार यादव, बलिराम विश्वकर्मा, चन्दर ठाकुर, धरवेन्द्र ठाकुर, सुनिल साह र सँतोष साह रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…