
न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
वीरगँज अपडेटः हनुमान जयन्तीमा उपद्रव गर्ने पाँच जनामाथि मुद्दा दर्ता
- २०८० चैत ४ आइतबार
न्यूज ब्यूरो, वीरगँज । पर्साको वीरगञ्जमा शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजनाविरुद्ध राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव मुद्दा दर्ता भएको जनाइएको छ । शोभायात्राको क्रममा हिंसात्मक गतिविधिमा
पूरा पढ्नुहोस्