छोराको जन्मदिनमा समाजवादी विद्यार्थी युनियनका सिरहा जिल्ला अध्यक्षले स्कूलमा बाँडे शैक्षिक समाग्री
सोही विद्यालय प्राँगनमा नेता साहले वृक्षारोपण समेत गर्दै बालबालिकाहरुलाई कापी, कलम, सिसाकलम लगायतका समाग्रीहरु वितरण गरेका हुन् । समुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाहरुको उपस्थिति हुने गरेको भन्दै उनीहरुलाई सानो सहयोग स्वरुप शैक्षिक समाग्री बाँडेको बताए ।

२०८० चैत ४ आइतबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक विद्यार्थी नेताले आफ्नो छोराको जन्मदिनको अवसरमा समुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन् ।
जन्मदिनमा तडकभडक र पश्चिमी सँस्कृति मौलाउँदै गर्दा समाजवादी विद्यार्थी युनियन नेपालका सिरहा जिल्ला अध्यक्ष उमेश कुमार साहले छोराको जन्मदिनमा बालबालिकाहरुलाई शैक्षिक समाग्री बाँडेका हुन् ।
सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर १ नरगी चोकस्थित रहेको समुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो ।
सोही विद्यालय प्राँगनमा नेता साहले वृक्षारोपण समेत गर्दै बालबालिकाहरुलाई कापी, कलम, सिसाकलम लगायतका समाग्रीहरु वितरण गरेका हुन् । समुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाहरुको उपस्थिति हुने गरेको भन्दै उनीहरुलाई सानो सहयोग स्वरुप शैक्षिक समाग्री बाँडेको बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…