मारवाडी युवा मँच जनकपुरद्धारा रक्तदान, रक्तदान स्थलमै रक्त सहयोग
न्यूज ब्यूरो | जनकपुरधाम, २६ जेठ । मारवाडी सेवा समितिका भातृ सँगठन मारवाडी युवा मँचद्धारा दुई दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दुईदिने रक्तदान कार्यक्रम अन्तर्गत प्रथम दिन जनकपुरमा तथा दोस्रो दिन महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवनदान मूल नारा सहित मँचले शनिबार धनुषाको क्

२०७५ जेठ २६ शनिबार, दिउँसो ३:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २६ जेठ । मारवाडी सेवा समितिका भातृ सँगठन मारवाडी युवा मँचद्धारा दुई दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दुईदिने रक्तदान कार्यक्रम अन्तर्गत प्रथम दिन जनकपुरमा तथा दोस्रो दिन महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान जीवनदान मूल नारा सहित मँचले शनिबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
नगर प्रमुख योगेन्द्र पँजियारले रक्तदान गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रमबाट जनकपुरमा १ सय ३ पोका तथा महेन्द्रनगरबाट ७७ पोका रक्त सँकलन गरिएको मँचका कोषाध्यक्ष राहुल सिंघानीयाले न्यूज ब्यूरोसँग भने ।
रक्तदान कार्यक्रम क्षीरेश्वरनाथ नगरपालिकाको कार्यलय प्राँगनमा सम्पन्न भएको जनाइएको छ ।
विहान ७ बजेदेखि नेपाल रेडक्रस सोसाईटी धनुषाको प्राविधिक सहयोगमा सुरु भएको रक्तदान कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष ललित बजाज, कोषाध्यक्ष समीर मुरारका, वरिष्ठ उपाध्यक्ष मनोज रुँगटा, केन्द्रीय सदस्य दीपक बजाज, डाबर नेपालका एरिया ईन्चार्ज पंकज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
युवा मँचका अध्यक्ष अभिषेक चौधरीको अध्यक्षता एवम् नगर प्रमुख पँजियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मँचका महासचिव विक्रम जैन, कोषाध्यक्ष राहुल सिँघानीय, सँचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
यस्तै, रक्तदान स्थलबाटै एक आवश्यक व्यक्तिलाई रक्त उपलब्ध गराइएको छ । अस्पतालमा रक्तअभावको कारणले रक्त आवश्यकता भएको भन्दै सुझाएको आधारमा रक्तदान स्थल पुगेपछि मँचका कोषाध्यक्ष सिँघानीयाले उक्त रक्त सहयोग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…