पार्टी स्कुल बिभाग प्रमुखमा एमालेका महतो चयन
बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

२०८० फागुन २८ सोमबार, बेलुकी ७:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश कमिटीको बैठक बाट पार्टी स्कुल बिभाग प्रमुखमा शंकर महतो चयन भएको छन् ।
आइतबार बसेको प्रदेश कमिटीको बैठकले महतो लाई पार्टी स्कुल बिभाग प्रमुखको जिम्मेवारी दिएको हो । महतो प्रदेश कमिटीको सदस्य हुन् ।
यस्तै, सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादब, जनसङ्गठन समन्वय सम्यन्त्र प्रमुखमा मनोज पौडेल, आर्थिक विभाग प्रमुख महम्द कैस, प्रचार तथा प्रशारण बिभगमा आरती भण्डारी र सहकारि तथा गरिबी निवारण बिभागमा अम्विका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…