रौतहटको मौलापुरमा बलिवुड अभिनेता गोबिन्दाले लगाए ठुम्का, भोजपुरी स्टारहरु झुमाउँदै
पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको यहाँ उत्खनन गरेको थियो ।

२०८० फागुन २५ शुक्रबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा अहुजाले ठुम्का लगाएका छन् ।
महोत्सवको पहिलो दिन बलिवुड अभिनेता गोविन्दाले आफ्नो जलवा प्रदर्शन गरेका छन् । नेपालमा समेत लाखौँ फ्यान रहेको गोबिन्दाको कला प्रत्यक्ष रुपमा हेर्नको लागि हजारौँको भीड लाग्यो । नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरु पनि यो महोत्सवमा सहभागी छन् ।
मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्रका सुपरस्टार अभिनेता गोविन्दा रौतहट आएका हुन । उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका छन ।
कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउदै उनले नेपाल र नेपाली दर्शकहरुको माया आफूले सदैव पाएको बताए ।
नेपाल सरकारको पर्र्यटकीय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महोत्सव सुरु भएको हो ।
मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ ।
पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको यहाँ उत्खनन गरेको थियो ।
मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…