रौतहटको मौलापुरमा बलिवुड अभिनेता गोबिन्दाले लगाए ठुम्का, भोजपुरी स्टारहरु झुमाउँदै 

२०८० फाल्गुण २५ शुक्रबार
बेलुकी ७:३९ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा अहुजाले ठुम्का लगाएका छन् । 

महोत्सवको पहिलो दिन बलिवुड अभिनेता गोविन्दाले आफ्नो जलवा प्रदर्शन गरेका छन् । नेपालमा समेत लाखौँ फ्यान रहेको गोबिन्दाको कला प्रत्यक्ष रुपमा हेर्नको लागि हजारौँको भीड लाग्यो । नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरु पनि यो महोत्सवमा सहभागी छन् ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्रका सुपरस्टार अभिनेता गोविन्दा रौतहट आएका हुन । उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका छन ।

कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउदै उनले नेपाल र नेपाली दर्शकहरुको माया आफूले सदैव पाएको बताए ।

नेपाल सरकारको पर्र्यटकीय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महोत्सव सुरु भएको हो ।

मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ ।

पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको यहाँ उत्खनन गरेको थियो ।

मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

  • 52%
  • 7%
  • 19%
  • 4%
  • 4%
  • 7%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८० फाल्गुण २५ शुक्रबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus