यी नेताहरुले समेत छाडे ठाकुरको लोसपा
मधेस मुक्तिका लागि आफ्नो जीवन दाउमा राखी आन्दोलनमा होमिएका नेता कार्यकर्तालाई राज्यले झुठा मुद्दा लगाई विभिन्न बहानामा जेलमा हाल्ने तथा फसाउने कार्य गरे पनि नेतृत्वले कुनै चासो नदेखाएको पीडा मधेस तथा मधेसी जनतासँग रहेको बताउँदै असफल नेतृत्वका कारण मधेस आन्दोलनका योद्धाहरु जेल जीवन बिताउनु परिरहेको तथा मधेसको मुद्दा ओझेलमा परेको विज्ञप्तिमा उल्लेख छ ।

२०८० फागुन १५ मंगलबार, राति ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजेन्द्र महतो बाहिरिएको एक दिनपछि अन्य नेताहरुले धमाधम लोसपा छाडन थालेको छ ।
लोसपा नेपाल स्थापना हुनु भन्दा अगाडि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियपुर्वक सुरुदेखि साथ दिइरहेका हामीले पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भएपनि पार्टी बनाउने अठोटका साथ हिडेपनि पार्टीभित्रका केही गलत तत्वहरु नसुध्रिने छाँटकाँट देखेपछि लोसपा छाडने निर्णय गरिएको जनाईएको छ ।
लोसपा नेपालको अध्यक्ष महन्थ ठाकुर तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका केन्द्रिय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गर्दै हामी यो निर्णयमा पुग्न बाध्य भएको सँयुक्त विज्ञप्मिा उल्लेख छ ।
माथिल्लो नेतृत्वले लोसपा नेपाललाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेका पीडा रहेको बताउँदै नेता रमण पाण्डे, सँजय सिँह, सँजय चौधरी, जिल्ला सचिव विन्द किशोर साह, विशो महरा, रामनारायण साह लगायतका एक दर्जन बढी नेताहरुले लोसपा छाडेको बताइएको छ ।
मधेस मुक्तिका लागि आफ्नो जीवन दाउमा राखी आन्दोलनमा होमिएका नेता कार्यकर्तालाई राज्यले झुठा मुद्दा लगाई विभिन्न बहानामा जेलमा हाल्ने तथा फसाउने कार्य गरे पनि नेतृत्वले कुनै चासो नदेखाएको पीडा मधेस तथा मधेसी जनतासँग रहेको बताउँदै असफल नेतृत्वका कारण मधेस आन्दोलनका योद्धाहरु जेल जीवन बिताउनु परिरहेको तथा मधेसको मुद्दा ओझेलमा परेको विज्ञप्तिमा उल्लेख छ ।
सोही कारण बहुलराष्ट्रिय राज्य स्थापना सहित समृद्ध मधेश तथा समृद्ध देश निर्माणका लागि आवश्यक छलफल गरि नयाँ हिसाबले अगाडी बढी “राष्ट्रिय मुक्ति क्रान्ति अभियान” मा सहभागी हुने जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…