राराब क्याम्पसका प्राध्यापक यादव मार्कको लागि २/२ हजार रुपैयाँ उठाउँदै गर्दा रँगेहात पक्राउ
सुसलोजी विषयमा क्याम्पसबाट दिइने आन्तरिक मार्कको लागि अधिक मार्क दिने भन्दै विद्यार्थीहरुबाट २/२ हजार रुपैयाँ लिने गर्दै आएका थिए । लोकतान्त्रिक विद्यार्थी सँघका ईकाई अध्यक्ष अजय पण्डित , स्ववियु सदस्य गौतम झा र मुन्ना प्रधान लगायतका विद्यार्थीहरु नेताहरुले प्राध्यापक यादवलाई रकमसहित पक्राउ गरी कार्यालयभित्रै थुनेका थिए ।

२०८० फागुन १३ आइतबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब क्याम्पसका एक प्राधाध्यापकले विद्यार्थीसँग रकम उठाउँदै गर्दा स्वीयू नेताहरुले रँगेहात पक्राउ गरेको छ ।
आईतबार क्याम्पसमा ईन्टरनल मार्कको नाममा प्राध्यापक डा. सुशिल यादवले विद्यार्थीहरुसँग प्रति विद्यार्थी २/२ हजार रुपैयाँ उठाउँदै गरेको गुनासोपछि गएका स्वीयूका सदस्यहरुले उनलाई रकम लिँदालिँदै रँगेहात पक्राउ गरेको हो ।
सुसलोजी विषयमा क्याम्पसबाट दिइने आन्तरिक मार्कको लागि अधिक मार्क दिने भन्दै विद्यार्थीहरुबाट २/२ हजार रुपैयाँ लिने गर्दै आएका थिए । लोकतान्त्रिक विद्यार्थी सँघका ईकाई अध्यक्ष अजय पण्डित , स्ववियु सदस्य गौतम झा र मुन्ना प्रधान लगायतका विद्यार्थीहरु नेताहरुले प्राध्यापक यादवलाई रकमसहित पक्राउ गरी कार्यालयभित्रै थुनेका थिए ।
थुनेपछि उनले विद्यार्थीहरुको रकम फिर्ता गर्ने सहमति जनाएपछि उनलाई रिहा गर्दै कार्यालयभित्रै तोडफोड समेत गरिएको थियो ।
.jpeg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…