दुबईमा गैर आवासीय मधेशी संघले आईतबार होली मनाउदैं
एनआरएमले प्रवासमा रहेको मधेशी समुदाय हरुलाई एउटा छाता संगठन भित्र एकतावद्ध गर्दै विगत १० वर्ष देखि हरेक वर्ष धुमधाम गरि मनाउए झै यस वर्ष पनि होली कार्यक्रम धुमधाम हर्षोल्लास पूर्वक मनाउने संघका अध्यक्ष जग नारायण मण्डलले बताए । साथै मधेशका अन्य चाडपर्व दशैं दिपावली मकर संक्रांति ईद ईत्यादि प्रवासमा पनि मनाउदैं आई रहेको प्रतिक्रिया दिए ।

२०८० फागुन ११ शुक्रबार, बेलुकी ५:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, दुबई । विश्व भरि छरिएर रहेका मधेशी समुदायहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रिय समिति शाखा युएईले दुबईमा होली मनाउने भएको छ ।
यहि आउदों २५ फरवरी २०२४ आईतवारका दिन होली धमाका २०२४ तथा मिलन समारोह कार्यक्रम अस्टोरिया होटल याक एण्ड यति क्लव बर दुबईमा आयोजना गरिएको छ ।
यस समारोह कार्यक्रममा युनाइटेड अरब इमिरेट्स युएईमा बस्नु हुने सम्पूर्ण नेपाली समुदाय सहभागी भई दिनुहुनको लागि गैर आवासीय मधेशी संघ युएई समितिले पत्राचार समेत गरेका छन ।
एनआरएमले प्रवासमा रहेको मधेशी समुदाय हरुलाई एउटा छाता संगठन भित्र एकतावद्ध गर्दै विगत १० वर्ष देखि हरेक वर्ष धुमधाम गरि मनाउए झै यस वर्ष पनि होली कार्यक्रम धुमधाम हर्षोल्लास पूर्वक मनाउने संघका अध्यक्ष जग नारायण मण्डलले बताए । साथै मधेशका अन्य चाडपर्व दशैं दिपावली मकर संक्रांति ईद ईत्यादि प्रवासमा पनि मनाउदैं आई रहेको प्रतिक्रिया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…