दुबईमा गैर आवासीय मधेशी संघले आईतबार होली मनाउदैं

२०८० फाल्गुण ११ शुक्रबार
बेलुकी ५:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, दुबई । विश्व भरि छरिएर रहेका मधेशी समुदायहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रिय समिति शाखा युएईले दुबईमा होली मनाउने भएको छ ।

यहि आउदों २५ फरवरी २०२४ आईतवारका दिन होली धमाका २०२४ तथा मिलन समारोह कार्यक्रम अस्टोरिया होटल याक एण्ड यति क्लव बर दुबईमा आयोजना गरिएको छ ।

यस समारोह कार्यक्रममा युनाइटेड अरब इमिरेट्स युएईमा बस्नु हुने सम्पूर्ण नेपाली समुदाय सहभागी भई दिनुहुनको लागि गैर आवासीय मधेशी संघ युएई समितिले पत्राचार समेत गरेका छन ।

एनआरएमले प्रवासमा रहेको मधेशी समुदाय हरुलाई एउटा छाता संगठन भित्र एकतावद्ध गर्दै विगत १० वर्ष देखि हरेक वर्ष धुमधाम गरि मनाउए झै यस वर्ष पनि होली कार्यक्रम धुमधाम हर्षोल्लास पूर्वक मनाउने संघका अध्यक्ष जग नारायण मण्डलले बताए । साथै मधेशका अन्य चाडपर्व दशैं दिपावली मकर संक्रांति ईद ईत्यादि प्रवासमा पनि मनाउदैं आई रहेको प्रतिक्रिया दिए ।

  • 11%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८० फाल्गुण ११ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus