सरस्वति पूजामा राराब कलेजमा नृत्य प्रतियोगिताका विजेताहरुलाई सम्मान 

२०८० फाल्गुण ११ शुक्रबार
दिउसो ४:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । करिब डेढ दशकपछि जनकपुरको राराब कलेजमा मनाइएको विशेष सरस्वति पूजनको क्रममा गराईएको नृत्य प्रतियोगिताको बिजेताहरुलाई सम्मान वितरण गरिएको छ ।

गत फागुन २ गते परेको सरस्वति पूजाको अवसरमा राराब कलेजमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको भव्य पूजाको साथै साँस्कृतिक कार्यक्रममा गराईएको नृत्य प्रतियोगिताका बिजेताहरुलाई एक कार्यक्रमबीच सम्मान गरिएको हो । 

स्वीयू राराबका अध्यक्ष मनिष कुमार यादवको अध्यक्षता एवम् क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादको प्रमुख आतिथ्यमा एक समारोहको आयोजना गरी नृत्यतर्फ प्रथम भएकी श्रृष्टि कुमारी, द्धितिय भएकी सलोनी चौधरी र तृतिय स्थान ल्याएकी प्रिति मण्डललाई पुरस्कार एवम् सम्मान गरिएको हो । 

कलेजभित्रै बिहान आयोजना गरिएको समारोहबीच बिएससी सिएसआईटी तेस्रो सेमेष्टरमा अध्ययनरत श्रृष्टि कुमारीले रिमिक्समा नृत्य गरेकी थिईन् । नियुक्त गरिएको पाँच न्यायधिसमण्डलले उनीहरुको मार्किँग गरेको थियो । 

यस्तै, बिएड प्रथम बर्षमा अध्ययनरत सलोनी चौधरीले जले गीतमा नृत्य दर्साईन् । तृतिय स्थान ल्याएकी प्रिति मण्डलले भने राम आएगेँ तो अँगजना सजाएँगेमा नृत्य गरी दर्शकको मन लोभ्याईन् । तृतिय स्थान ल्याएपनि दर्शकले भने उनको गीत र नृत्यकलालाई मन पराईन भने जजहरुले समेत उनलाई सराहना गरे । यद्यपी उनी तृतिय स्थान ल्याईन् । 

प्रधानाध्यापक सँघका अध्यक्ष मुक्तिनाथ साहको विशिष्ट आतिथ्य एवम् नेपाल विद्यार्थी सँघका जिल्ला अध्यक्ष सुजित कुमार यादवको विशेष आतिथ्यमा आयोजित समारोहमा स्ववियूका पदाधिकारीहरुले प्रमाणपत्र वितरण गरेका थिए । 

स्वीयूका सचिव करण साहले विजेताहरुलाई प्रमाणपत्र वितरण गरे । बिजेताहरुलाई कलेजका प्रध्यापक बिनोदलाल कर्ण, नेविसंघका अध्यक्ष यादव, स्वीयूका अध्यक्ष मनिष यादव, सचिव करण साह लगायतले अतिथिहरुलाई सम्मान ग्रहण गराए ।

सयौँ विद्यार्थीहरु उपस्थित रहेको सो कार्यक्रममा स्वीयूका अध्यक्ष मनिष यादवले आगामी बर्ष झन भव्य तरिकाले पूजाआजा हुने प्रतिवद्धता जनाए । सोही क्रममा सचिव करण साहले भने साँस्कृति कार्यक्रमतर्फ विशुद्ध साँस्कृतिक गीतमा मात्र नृत्य गराउने गरी कार्यक्रम आयोजन हुने बताए । 

कार्यक्रममा स्वीयूका पदाधिकारीहरु, प्रत्यासी अजय कुमार पण्डितलगायत कलेजका विद्यार्थीहरुको मोटो उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बन्दी रिहाई नगरे 'युद्ध विराम भँग' गर्ने अमेरिक राष्ट्रपति ट्रम्पको चेतावनी 

  • २०८० फाल्गुण ११ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्। उनले हमासलाई बन्दी

पूरा पढ्नुहोस्

Bureau Menus