भारतमा गएर बैठक गर्ने समासदहरुलाई कारवाही हुनुपर्छः माओवादी 

२०८० फाल्गुण ११ शुक्रबार
बिहान ०९:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकार ढाल्न अगुवाइ गरेको माओवादी केन्द्रमा आन्तरिक विवाद चर्किएको छ । गठबन्धन दलको नेतृत्व समेत गरिरहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन विपरीत मधेश प्रदेशमा भएको सत्ता परिवर्तनको खेलमा लागेकाहरुलाई कारवाही गर्न माग उठेको छ ।

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले भारतीय भूमिमा सभासदहरुलाई लगेर गठबन्धन नेतृत्वको सरकार ढालेर आफू मुख्यमन्त्री बन्न गरेको असफल प्रयासको पार्टी भित्र चर्को आलोचना हुन थालेको छ । पार्टीका नेताहरुले सरकार ढाल्ने खेलमा लागेका सभासदहरुलाई कारवाही गर्नुपर्ने धारणा सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन् ।

पूर्व मन्त्री एवं एमालेका युवा नेता उमेश यादवले माओवादी सभासदहरुलाई बैठकका लागि भारतीय भूमिमा लग्नेहरुलाई सार्वजनिक गरी कारवाही गर्न माग गरेका छन् । ‘केन्द्र सरकारको जग नै हल्लाउने, भत्काउने गरी मधेश सरकारलाई विश्वासको मत न दिन भारत, बिहारको सुरसण्डमा बार म्बार बैठक गरेकाहरु माथि कारवाही हुनुपर्छ ’ यादवले भनेका छन्, पर्दा पछाडिका खलनायकहरु को को रहेछन् ? भन्ने आमजनताले थाहा पाउनुपर्छ ।

मधेश प्रदेशमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी माओवादी नेतृ सुनिता यादवले पनि भारत सुरसण्ड बैठकको कडा आलोचना गरेकी थिइन् । सरकार ढालेर मुख्यमन्त्री हुने विश्वासमा रहेका भरत साहको नाम नलिइकनै मन्त्री यादवले उनको आलो चना गरेकी छन् ।

 ‘राजनीतिमा धैर्य हुनु अति आवश्यक छ । आफू पटक–पटक अवसर पाउदा सबै ठिक हुने । थोरै दिन के सत्ता बाट बाहिर हुनु पर्छ ,जे गल्ती गर्न नि तयार हुने ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ,यस्तो राजनीति प्रवृत्तिले हामीलाई कहा पुर्याउने होरुसबैले आज सोच्नु पर्ने विषय हो । यादवलाई मन्त्री बनाइएदेखि नै साह असन्तुष्ट बनेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८० फाल्गुण ११ शुक्रबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus