राराब क्याम्पसको शैक्षिक सुधार तीव्र भईरहेको छः स्वीयू अध्यक्ष यादव

२०८० फाल्गुण ५ शनिबार
बिहान ०८:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित राराब कम्याम्पसको शैक्षिक अवस्थामा तीव्र सुधार भईरहेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मनिष यादवले दाबी गरेका छन् । 

दशकौँदेखि राराब क्याम्पसमा स्वीयू निर्वाचन नहुँदाको अवस्था र वर्तमान अवस्थामा आकाश पातालको फरक पाउने दाबी गरे । राराबमा नेतृत्व समेत नहुँदा शैक्षिक अवस्था डगमडोल भएको अवस्थामा आफू निर्वाचित भएपछि शैक्षिक सुधारको कार्यक्रमहरु तीव्रता पाएको बताए । 

सरस्वति पूजाकै अवसरमा राराबमा ल्याएको रौनकलाई लक्षित गर्दै अध्यक्ष यादवले दशकौँपछि भव्यताको साथ सरस्वति पूजन गरेको बताए । उनले यसअघि यस्ता सजाबट, धुमधामको साथ कहिले पनि नभएको दाबी समेत गरे । 

राराब कलेजमा माथिल्लो राजनीतिक हाबी भएको समयमा स्वीयू निर्वाचन र नयाँ नेतृत्व पाए लगत्तै राराब कलेजको वातावरण समेत सुधार भएको बताए । उनले यहाँ स्वीयूमा समेत पक्ष विपक्षको कारण कुनै निर्णयलाई तत्कालै कार्यन्वय गर्नको लागि दिक्दारी भएपनि सम्पूर्ण पदाधिकारी, समितिको समझदारी र सहकार्यमा नयाँ ट्रयाकमा ल्याएको बताए । 

सरस्वती पूजनको दिन जनकपुरभरिमै सबभन्दा भव्यताको साथ सरस्वति पूजन गरेको बताए । उनले राराब प्रशासनबाट आर्थिक सहयोग, विद्यार्थीहरुबाट समेत आर्थिक सहयोग लिएर पूजा भव्यताका साथ मनाउन सफल भएको बताए । 

यसको लागि उनले स्वीयूका पदाधिकारी, शिक्षक, प्रोफेसर, शिक्षिका, विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी बर्षमा नयाँ शिराले नयाँ उमँगको साथ पूजाआजा हुने बताए । 

सरस्वति पूजाको दृष्टिकोणले हेर्दा पनि राराबमा के कतिको सुधार भएको भनेर आँकलन गर्न सकिने उनले बताए । 

  • 95%
  • 0%
  • 3%
  • 0%
  • 0%
  • 0%

सुरक्षित इन्टरनेट दिवसमा WorldLink को इन्टरनेट साक्षरता

  • २०८० फाल्गुण ५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मधेस प्रदेशका विभिन्न स्थानमा इन्टरनेट साक्षरता सत्र सम्पन्न गरेको छ। वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) को

पूरा पढ्नुहोस्

Bureau Menus