राराब क्याम्पसको शैक्षिक सुधार तीव्र भईरहेको छः स्वीयू अध्यक्ष यादव
सरस्वती पूजनको दिन जनकपुरभरिमै सबभन्दा भव्यताको साथ सरस्वति पूजन गरेको बताए । उनले राराब प्रशासनबाट आर्थिक सहयोग, विद्यार्थीहरुबाट समेत आर्थिक सहयोग लिएर पूजा भव्यताका साथ मनाउन सफल भएको बताए ।

२०८० फागुन ५ शनिबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित राराब कम्याम्पसको शैक्षिक अवस्थामा तीव्र सुधार भईरहेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मनिष यादवले दाबी गरेका छन् ।
दशकौँदेखि राराब क्याम्पसमा स्वीयू निर्वाचन नहुँदाको अवस्था र वर्तमान अवस्थामा आकाश पातालको फरक पाउने दाबी गरे । राराबमा नेतृत्व समेत नहुँदा शैक्षिक अवस्था डगमडोल भएको अवस्थामा आफू निर्वाचित भएपछि शैक्षिक सुधारको कार्यक्रमहरु तीव्रता पाएको बताए ।
सरस्वति पूजाकै अवसरमा राराबमा ल्याएको रौनकलाई लक्षित गर्दै अध्यक्ष यादवले दशकौँपछि भव्यताको साथ सरस्वति पूजन गरेको बताए । उनले यसअघि यस्ता सजाबट, धुमधामको साथ कहिले पनि नभएको दाबी समेत गरे ।
राराब कलेजमा माथिल्लो राजनीतिक हाबी भएको समयमा स्वीयू निर्वाचन र नयाँ नेतृत्व पाए लगत्तै राराब कलेजको वातावरण समेत सुधार भएको बताए । उनले यहाँ स्वीयूमा समेत पक्ष विपक्षको कारण कुनै निर्णयलाई तत्कालै कार्यन्वय गर्नको लागि दिक्दारी भएपनि सम्पूर्ण पदाधिकारी, समितिको समझदारी र सहकार्यमा नयाँ ट्रयाकमा ल्याएको बताए ।
सरस्वती पूजनको दिन जनकपुरभरिमै सबभन्दा भव्यताको साथ सरस्वति पूजन गरेको बताए । उनले राराब प्रशासनबाट आर्थिक सहयोग, विद्यार्थीहरुबाट समेत आर्थिक सहयोग लिएर पूजा भव्यताका साथ मनाउन सफल भएको बताए ।
यसको लागि उनले स्वीयूका पदाधिकारी, शिक्षक, प्रोफेसर, शिक्षिका, विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी बर्षमा नयाँ शिराले नयाँ उमँगको साथ पूजाआजा हुने बताए ।
सरस्वति पूजाको दृष्टिकोणले हेर्दा पनि राराबमा के कतिको सुधार भएको भनेर आँकलन गर्न सकिने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…