जसपाको मधेश प्रदेश समितिबाट फालिए शैलेन्द्र गुटका 'जीतेन्द्र'
कार्यकारिणी समितिमा अटाएपनि जीतेन्द्रलाई भने हटाईएको हो । गठन गरिएको कार्यकारणी समितिको अध्यक्षमा बालकिशोर यादवलाई चयन गरिएको हो ।

२०८० फागुन १ मंगलबार, बेलुकी ६:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश कार्यकारिणी समितिबाट साँसद प्रत्यासी जीतेन्द्र यादव फालिएका छन् ।
सोमबार गठन गरिएको मधेश प्रदेशको तदर्थ समितिबाट जीतेन्द्र यादवको नाम समावेश गरिएनन् । धनुषा जिल्लामा अध्यक्ष पशुपति यादव र प्रत्यासी शैलेन्द्र यादवबीच चलेको राजनीतिक मनमुटावपछि दुई गुटमा विभाजित जसपा नेपालको तदर्थ समितिमा जीतेन्द्र यादवलाई समावेश गरिएको छैनन् ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ (क) बाट नेपाली काँग्रेसका रामसरोज यादवसँग पराजित भएका जसपाका नेता यादवलाई पार्टीमा उनको गतिविधिको कारण मधेश प्रदेश कार्यकारिणी समितिमा नदिएको बताईएको छ ।
धनुषा जिल्लामा चलेको पशुपति यादव गुट र शैलेन्द्र यादव गुटपछि जीतेन्द्रलाई छेउ लगाईएको हो । शैलेन्द्र यादव समेत धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रत्यासी उम्मेदवार हुन् । शैलेन्द्र यादवलाई कार्यकारिणी समितिमा अटाएपनि जीतेन्द्रलाई भने हटाईएको हो ।
गठन गरिएको कार्यकारणी समितिको अध्यक्षमा बालकिशोर यादवलाई चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…