राजासहितको प्रजातान्त्रिक हिन्दु राष्ट्र आवश्यक छः कमल थापा
अध्यक्ष थापाले सनातन धर्मसंस्कृती संकटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गईरहेको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै हिन्दु धर्ममाथिको अपमान र थिचोमिचो सहन नसकिने बताए ।

२०८० माघ २८ आइतबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको आवश्यक्ता राजा सहितको प्रजातान्त्रिक हिन्दु राष्ट्र रहेको बताएका छन् ।
महोत्तरीको जलेश्वरस्थित जिल्ला स्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नु अघि थापाले शनिवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको संघीय गणतन्त्र भ्रष्टतन्त्र र लुटतन्त्र व्यवस्थामा रुपान्तरण भईसकेकाले जनताले यसको विकल्पको खोजीमा लागि सकेको दावी गरे ।
अध्यक्ष थापाले संघीय धर्म निरपेक्ष गणतन्त्रीक व्यवस्था असफल भई सकेको बताउँदै थापाले राजा सहितको प्रजातान्त्रिक हिन्दुराष्ट्र सहितको व्यवस्थाका लागि जनआन्दोलनको तयारीमा जुट्न आग्रह गरेको हो ।
उनले प्रादेशिक संरचनाले मुलुकको अर्थतन्त्र एकदमै कमजोर भइसकेकाले यसको सुधारका लागि फजुल खर्च नियन्त्रण गर्नुपर्छ । त्यसका लागि प्रदेशस्तरीय संरचना खारेज गर्नु नै गर्नु पर्छ बताए ।
उनले सहमतिकै आधारमा विद्यमान संविधानमै प्रादेशिक संरचना खारेज गरेर केन्द्रमा बलियो सरकार र स्थानीय तहलाई थप अधिकारसहित मजबूत सरकार सहित दुई तहको सरकारको परिकल्पना गर्न सकिने बताए ।
अध्यक्ष थापाले सनातन धर्मसंस्कृती संकटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गईरहेको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै हिन्दु धर्ममाथिको अपमान र थिचोमिचो सहन नसकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…