गौर अस्पतालमा स्वास्थ्यमन्त्रीले पियनको हातमा सिरिन्ज देखेपछि फायर

२०८० माघ २८ आइतबार
बिहान ०८:०९ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यमन्त्री बीरेन्द्र सिँहले गौर अस्पतालमा पियनको हातमा सिरिन्ज देखेपछि रिसाएर फायर भए । 

शनिबार पौने १२ बजे झण्डा सहितको गाडि रौतहटको गौर अस्पतालको परिसर पुगेका मन्त्री सिँहले कार्यालय सहयोगीको हातमा सिरिन्ज देखेपछि अस्पतालको बेतिथि हेर्दै रिसाएर तत्कालै आगो भए ।

अस्पताल अगाडि अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष, अस्पतालका निमित्त  मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर सहित विभिन्न कर्मचारी माला खादा लिएर उभिरहेको बेला पनि पियनको हातमा सिरिन्ज देखेपछि अस्पताल व्यवस्थापन पक्षमाथि खनिए । 

अस्पतालमा शनिवार रक्त संचार केन्द्र (ब्ल्ड बैंक) र फ़ोहोर मैला ब्यस्थापन केन्द्रको उदघाट्न कार्यक्रम राखिएको थियो।

कार्यक्रमको उदघाट्न गर्न मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह आउनु भएका रहेछन् ।

मन्त्री सिंह  गाडिबाट ओलर्ने बितिकै उहाँलाई माला खादाले स्वागत गर्नेको लर्को लाग्यो ।मन्त्रीले पहिला काम हेरौ, माला र खादा पछि ग्रहण गरौला भन्दै हुनुहुन्थ्यो।

गौर अस्पताल धेरै दिनको राजनिति खिचातानीले मेडिकल सुपरिटेन्डेन्ट बिहिन थियो।

केहि दिन अगाडि नै मन्त्री सिंहले विभिन्न राजनिति चुनौती चिर्दै निमित्तको रुपमा डा. मुरारी ठाकुरलाई पठाएका रहेछन् ।

डा. ठाकुरको आवागमन भए पछि अस्पतालमा रक्त सन्चार केन्द्र र फोहोर मैला ब्यबस्थापन केन्द्र स्थापना गरिएको  रहेछ।

मन्त्रीले सुरु मै रक्त सन्चार केन्द्रको उदघाटन गर्नु भयो र त्यहाँ देखिएको कमिकमजोरी सहित भौतिक संरचनालाई थप सुधारको  निर्देशन दिनु भयो।

 अब पालो फ़ोहोर मैला ब्यबस्थापन केन्द्रको उदघाट गर्ने तर मन्त्री सिंह अचानक ईमरजेन्सि वाड तर्फ लाग्नु भयो ।
त्यहा पुग्दा मन्त्री सिंहले गौर अस्पतालको बास्तबिकतालाई उजागर गर्ने एक दृश्य देखेपछि झन्नक झन्न्किए। 

बिना ड्रेस एक पाका उमेर भएका कर्मचारी हातमा सिरिन्ज लिएर कुनै बिरामीलाई सिरिन्ज लगाउने दिने तर्खरमा थिए।

मन्त्रीले उहाँलाई रोक्दै सोधे।तपाई को हो? कर्मचारीले जवाफ दिए - म पिउन(कार्यालय सहयोगी) हो हजुर।अनि मन्त्री सिंहले अहिले डिउटिमा को छ? भन्नु भो ।

अलि वरबाट एक जना कर्मचारीले एक छिन अलमलमा परेर म हो हजुर भनेर मन्त्रीलाई जवाफ फर्काए ।

उनले लग्तै फेरी मैले दबाई मात्रै  मिलाउन मात्रै भनेको भनेर ढाटे तर कर्मचारीले बोलेको झुठो मन्त्रीले सजिलै थाह पाए।

गौर अस्पतालमा कार्यालय सहयोगीलाई डिउटीमा राखेर कामै नगरी तलब खाने र जनताको स्वास्थ सङ्ग खेलवाड गर्ने काम धेरै समय देखि सुन्दै आएको तर आफ्नै आखाले हेरियो भन्दै मन्त्रीले भने-" यस्तो पनि लापरबाही हुन्छ ? कार्यालय सहयोगीको काम सिरिन्ज दिने हो भने डाक्टर केका लागि ?

संगै थिए अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अनवर हासमी र मेसिकल सुपरिटेन्डेन्ट डा .मुरारी ठाकुर ।यतिका कर्मचारी हुँदा -हुदै कार्यालय सहयोगीले बिरामीलाई सिरिन्ज किन दिएको भनेर भन्दै अध्यक्ष हासमी र डा. मुरारीलाई सोधेँ ।

उहाँहरु एक- छिन जवाफ बिहिन बने ।मन्त्रीले तपाईंहरु माथि कारबाही किन नगर्ने ?भनेर प्रश्न गरे ।पछि एक चोटिको लागि छाडिएको छ  तर आउने दिनमा यस्तो दृश्य देखे त्यसको परिणाम नराम्रो हुने भन्दै मन्त्री सिंहले चेतावनी दिए।

अनुभव छ भन्दैमा कार्यालय सहयोगीले जे -मन छ त्यो गर्ने हो ?जनताको स्वास्थ सङ्ग खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री सिंह अर्को फोहोर मैला ब्यबस्थापन शाखाको उदघाटन गर्न हिडे।

उदघाटन पछि मन्त्री सिंह अस्पताल परिसर निरीक्षण गर्न हिडेका थिए। अस्पताल परिसर निरीक्षण पश्चात आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री  सिंहले रौतहटको गौर अस्पतालमा देखिएको बिसङ्गती ,बिकृती र लापरबाहीलाई अबिलम्ब सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्री सिंहले गौर अस्पतालको सेवा सुबिधालाई  प्रभावकारी बनाउन अस्पताल ब्यवस्थापन समिति  ,मेडिकल सुपरिटेन्डेन लगायत कर्मचारीलाई निर्देशन दिनु भएको हो।

मन्त्री सिंहले जुन सुकै कर्मचारी ,जति सुकै ठुलो र पावर फुल घर परिवारको भएपनि पावर र शक्तिको धाक लगाउदै  अस्पतालमा राजनिति गर्ने ,मनोमानी गर्ने ,काम गर्दै नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भएका छन् ।

मन्त्री सिंहले जुन कामको लागि नेपाल सरकारले तलब दिई खटाएको छ त्यसको परिधि भित्र रहि अनुशासन पालना गर्दै जनताको सेवामा लाग्न आनाकानी गर्न कसैलाई छुट नभएको चेतावनी दिएका छन् ।

 गौर अस्पतालको पुरानो कर्मचारीको सरुवा हुँदा पनि आतिने ,गौर मै बस्छु भन्ने ,अरु ठाँउमा जान्न भनेर अदालतमा मुद्दा  दिने ,अदालतमा किन जाने ?काम गर्ने जहा गएर पनि काम गरे भै गो नी गौर मै बस्न के -को लोभ ?काम नगर्ने एक जनाको सरुवा गरिए त्यो मान्छे मेरो हो भनेर  ३० जना नेताले तनाव दिने,अनि त्यहि नेताले गौर अस्पताल खतम छ भन्ने यो कस्तो खेल होला?

  जबकी जहाँ खटेनी तलब त्यति नै पाउने हो,काम त्यति कै गर्नु पर्ने हो कसैले बुझेन ।यस्तो परिपाटी रहे सम्म गौर अस्पतालमा सुधार कसरी आउने होला?? भन्दै मन्त्री सिंहले भने नेताहरु कै कारण गौर अस्पतालको अवस्थामा सुधार नआएको स्वीकारेका छन् ।

म अलिकति फरक ढंगले गौर अस्पताल चलेको हेर्न चाहन्छु तर  गठबन्धन सरकारका कारण चाहेको गतिमा काम गर्न नसके पनि  अलि ढिलो भए पनि गौर अस्पतालमा देखिएको बेथिति अन्त्य गरेर छाड्ने मन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरे।

गौर अस्पतालमा आएको बिरामीलाई विभिन्न बहानामा अस्पताल कर्मचारी कै निर्देशनमा कमिशनको चक्करमा दलाल मार्फत निजि झोले क्लिनिकमा पठाउने गुनासो ,निजि ल्याबमा पठाउने ,नि:शुल्क पाउने औसधि दिन आनाकानी गर्ने जस्ता गुनासो सुन्दै छु जुन दिन प्रमाण फेला पर्छ माला लगाएर सम्मान सहित बिदा गर्ने चेतावनी दिनु भएका छन् ।

अस्पतालमा ब्यबस्थापकको काम के हो ? मेडिकल सुपरिटेन्डेन्टको काम के हो ?बिरामी किन बाहिर जादैछ्न ,अस्पतालमा साच्चै कमि कमजोरी छ कि कमिसनको खेल मौलाएको छ ?कसरी सुधार हुन्छ ? सबैले आ -आफ्नो लक्ष्य र जिम्मेवारी प्रति गम्भिर भई अस्पतालको सेवा सुधारको लागि अरात्र खट्न निर्देशन दिनु भएका छन् ।

मन्त्री सिंहले भने -"कर्मचारीको तह अनुसार तलब दिनुस ,जसले जति मेहनत गरेको छ त्यति नै ओभर टाईमको भता दिनुस् ,सबै ईन्चार्जलाई एक ठाँउमा राखि कमिटी बनाई ओटिपि बितरण गर्नुस् ,एकलौटी नगर्नुस ,कर्मचारीको ड्रेसको ब्यस्था गर्नुस,चौबीसै घण्टा ल्याब र एक्सरेको ब्यस्था गर्नुस ,गरिब निमुखाको उपचार प्रति गम्भिर हुनुस ,नि:शुल्क औसधि दिनुस ,लापरबाह कर्मचारीको विवरण बनाई कारबाहिको सिफारिस गर्नुस सकिएन भने मन्त्रालयलाई जानकारी गराउनुस ,खुट्टा नकमाई अगाडि बढनुस मन्त्रालय तपाईंहरुको छ सहयोगको लागि अहोरात्र खट्ने बाचा गरेका छन् ।

मन्त्री सिंहले कर्मचारी अभावका कारण अहिले केहि लापरबाह कर्मचारीले नचाहेर पनि छुट पाएका छन् तर मन्त्रालयले थप जनशक्तिका लागि  आवेदन आव्हान गरिसकेकाले त्यस्ता कर्मचारीले आफ्नो व्यबहार नसुधारे केहि दिन मै कारबाही भोग्नु पर्ने बताए ।

उहाँले भएका र आउने जनशक्तिलाई बस्न आवास भवन निर्माणका प्रक्रिया थाल्न निर्देशन समेत दिनु भएका छन् ।

भनसुनको भरमा पावरको भरमा काम नगरी खाने प्रबितृको कारण अस्पतालको अवस्था जर्जर बन्दै गएको बताउदै मन्त्री सिंहले हाजिर गर्ने  र काम नगर्ने कर्मचारीलाई ठाँउको -ठाँउ कारबाही गर्न अस्पताल ब्यबस्थापन समितीलाई निर्देशन दिए।

८ जिल्ला कै अस्पतालमा देखिएको लापरबाही  र बेतिथि अन्त्यका लागि अत्याधुनिक मेसिनहरु मन्त्रालय मै जडान गरी मोनेटरिङ्ग गर्ने तर्खरमा छौ त्यो पनि छिटै पुरा हुने बिश्वास ब्यक्त गरे ।

अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष अनवर हासमीको अध्यक्षतामा समपन्न कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवन कुमार मिश्र ,गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर लगायत अस्पताल कर्मचारी ,सन्चारकर्मि र स्थानीयको बाक्लो उपस्थित रहेको थियो।

  • 33%
  • 1%
  • 1%
  • 1%
  • 0%
  • 1%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०८० माघ २८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus