बाराको एक वडाध्यक्ष पदबाट निलम्बित
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उहाँलाई पाँच लाख रुपियाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो । क्षेत्रीविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियारले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

२०८० माघ २५ बिहीबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका एक वडाध्यक्ष पदबाट निलम्बन भएका छन् ।
३ वडाध्यक्ष अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध पाँच लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वतः पदबाट निलम्बन भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार क्षेत्रीले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग सो रकम घुस लिइसकेको खुलेपछि पक्राउ गरिएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उहाँलाई पाँच लाख रुपियाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो । क्षेत्रीविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियारले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…