Close This

जनकनन्दिनी गाउँपालिका अध्यक्ष यादवविरुद्ध विभिन्न दलको जुगलबन्दी, अफिस नआएको भन्दै आक्रोस

२०८० माघ २३ मंगलबार
रति ८:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवविरुद्ध प्रतिपक्षी दलसहित प्रत्यासीहरुले जुगलबन्दी गरेका छन् । 

मँगलबार जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष यादव नआएको भन्दै एमाले, काँग्रेस, माओवादी, जसपा (शैलैन्द्र ग्रुप), एकिकृत समाजवादी पार्टीका प्रतिनीधिहरुले विरोध जनाएका छन् । 

विगत एक सातादेखि गाउँपालिका अध्यक्ष गाउँपालिकामा नआएको भन्दै उनीहरुले जुगलबन्दी गर्दै उनको विरोध जनाए । गाउँपालिका कार्यालय पसेर विभिन्न दलका कार्यकर्ताहरुले अध्यक्ष यादवप्रति खनिए । 

गाउँपालिका अधिकृतविहिन भएको बेला दरबन्दी अनुसार अधिकृत हाजिर गराउनुपर्ने, विगत दुई आर्थिक बर्षको हरहिसाब पारदर्शी, अध्यक्षको नियमति कार्यकक्ष बसाईको माग राख्दै कार्यालय तनावग्रस्त बनाएको थियो । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्ष समेत नआउँदा आम सेवाग्राहीलाई सास्ती भोग्नुपरेको उनीहरुको कथन छ । सयौँ ईमरजेन्सीका सेवाग्राहीहरुलाई मार्का भएपछि उनीहरुले गाउँपालिका सुधारको लागि एकबद्ध भएको बताए । 

गाउँपालिका अध्यक्षका लागि प्रत्यासी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका पराजित उम्मेदवार कमलेश कुमार झा (४९ मत) ले अध्यक्ष यादवविरुद्ध ज्ञापन पत्र बुझाउन जाँदा पनि अध्यक्ष यादवले समय नदिएको भन्दै समाजिक सँजाल मार्फत विरोध जनाए । उनले फेसबुक लाईभ आएर विभिन्न दलका कार्यकर्ता, नेताहरुलाई भाषण ठोक्न लगाएका थिए । उनी प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित अध्यक्ष यादवलाई जसपाले समेत विरोध जनाएको थियो । जनकनन्दिनीमा पशुपति यादव समूह र शैलेन्द्र यादव समूहबीच टशन बढदै गएपछि शैलेन्द्र यादव समूहले अध्यक्ष यादवको विरोध जनाएको हो । शैलेन्द्र समूहमा वडा नं. १ का पूर्व वडाध्यक्ष धर्मेन्द्र गोईत लगायतका रहेका छन् । 

स्थानीय निर्वाचन २०७९ मा जसपाबाट वडाध्यक्षको टिकट नपाएपछि आक्रोसित बनेका गोईतले आफ्नै पार्टीका गाउँपालिका अध्यक्ष विरुद्ध निरन्तर विरोध जनाउँदै आएको बताईएको छ । 

गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका अयोधी दासलाई वडाध्यक्षहरुले हटाएपछि गाउँपालिका अस्थिर भएको हो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा सर्वजीत कुमार झा आएपछि एक महिनामै रवाना लिएर सरुवा भएदेखि गाउँपालिकाको अवस्था बिग्रेको हो । नयाँ अधिकृतको लागि अझै पहल नभएको बुझिएको छ । अधिकृतको लागि पहलको अधिकार गाउँपालिका अध्यक्षमा निहित रहेको छ । अध्यक्षले सिफारिस गर्ने निमित्त वा दरबन्दी अनुसारको अधिकृत संघीय मामिला मन्त्रालयले पठाउने प्रावधान छ । 

गाउँपालिका उपस्थित कर्मचारीहरुले यस सन्दर्भमा केही बोल्न चाहेनन् । कार्यालय प्रमुख, अध्यक्ष र उपाध्यक्ष बाहेक अन्य सबै कर्मचारीहरु गाउँपालिकामा उपस्थिति जनाएका थिए । 

विभिन्न दलको विरोधको सन्दर्भमा गाउँपालिका अध्यक्ष यादवले कुनै प्रतिक्रिया जनाएनन् । उनले व्यवस्तता जनाउँदै कुनै टिप्पणी गर्न चाहेनन् । 

यस्तै, जनकनन्दिनी गाउँपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष हरिचन्द्र कामत, वडा नं. १ का पूर्व वडाध्यक्ष धमेन्द्र गोईत, गाउँपालिका अध्यक्ष पदका प्रत्यासी (निकटम प्रतिद्धन्द्धी) एवम् प्रतिपक्षका सुदेश कुमार चौधरी, पूर्व गाउँपालिका उपाध्यक्ष भारती कार्की (सहगल), जनमत पार्टीका गाउँपालिका अध्यक्ष प्रत्यासी युवा नेता नवीन पण्डित लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८० माघ २३ मंगलबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus