जनकपुरः सरस्वति पूजामा विद्यार्थीलाई विद्यालयकै ड्रेसमा जानुपर्ने
पश्चिमी सँस्कृति भ्यालेन्टाइन डे (प्रेम दिवस) सोही दिन परेपछि हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि प्याबसन एनप्याबसनले सो नियम लागू गर्न आदेश दिएको हो । धनुषामा विभिन्न स्कूल, कलेजका विद्यार्थीहरुलाई सरस्वति पूजाको दिन आफ्नै स्कूल वा कलेजको ड्रेसमा मात्र विद्यालय परिसर पूजा क्षेत्रभित्र प्रवेश गर्न दिने भएको छ ।

२०८० माघ २३ मंगलबार, बेलुकी ६:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनपकुरधाम । सरस्वति पूजाको नाममा छाडापन र विकृति बढेको भन्दै प्याबसन र एनप्याबसनले विद्यार्थीहरुलाई विद्यालयकै पोशाकमा उपस्थिति गराउन निर्देशन दिएको छ ।
जनकपुरधामसहित प्याबसन एनप्यासनभित्र रहेका सदस्य विद्यालयहरुलाई सरस्वति पूजाको दिन आफ्नै विद्यालयको पोशाकमा उपस्थित हुनुपर्ने भनेर निर्देशन दिएको हो ।
पश्चिमी सँस्कृति भ्यालेन्टाइन डे (प्रेम दिवस) सोही दिन परेपछि हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि प्याबसन एनप्याबसनले सो नियम लागू गर्न आदेश दिएको हो ।
धनुषामा विभिन्न स्कूल, कलेजका विद्यार्थीहरुलाई सरस्वति पूजाको दिन आफ्नै स्कूल वा कलेजको ड्रेसमा मात्र विद्यालय परिसर पूजा क्षेत्रभित्र प्रवेश गर्न दिने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…