बलराम ज्वलेर्सका सँचालकसहित चार सुनचाँदी व्यावसायी पक्राउ, जनकपुरमा प्रदर्शन
आठ देखि नौ तोला गहना बनाइसकेको सुनका गहना सहित मिर्चैयाका व्यवसायी पक्राउ परेको र उनले बलराम तथा अशोक ज्वेलर्स जान लागेको भनेपछि दुवै ज्वेलर्सका सञ्चालक समेतलाई पक्राउ गरिएको हो ।

२०८० माघ १७ बुधबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा चर्चित सुनचाँदी पसलका सँचालक बलराम साहसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिना रसिदकै सुनचाँदीको गहना ओसार पोसार गरेको पाईएपछि बलराम ज्वलेर्सका सँचालक बलराम साहसहित अन्य तीन जनालाई पक्राउ गरेपछि जनकपुरमा विरोध प्रदर्शन भएको हो ।
बलराम साहको साथै अशोक ज्वेलर्सका सञ्चालक र मिर्चैयाका व्यवसायीहरु गरि पाँचजनालाई प्रहरीले पक्राउ गरेर पथलैया लगेपछि टायर बालेर प्रदर्शन गरिएको छ ।
जनकपुरका सुनचाँदी व्यावसायीहरुले जानकी मन्दिर छेउको सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन् ।
कारखानाबाट गहना बनाएर पसल लैजादै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पुरयाएको भन्दै उनीहरु विरोधमा उत्रेका छन् ।
सानो पक्रियालाई अपराधीकरणको शैलीमा व्यवासायीलाई पक्रेर पथलैया परयाइएको आक्रोसमा उनीहरु आक्रोतिस भएका छन् ।
आठ देखि नौ तोला गहना बनाइसकेको सुनका गहना सहित मिर्चैयाका व्यवसायी पक्राउ परेको र उनले बलराम तथा अशोक ज्वेलर्स जान लागेको भनेपछि दुवै ज्वेलर्सका सञ्चालक समेतलाई पक्राउ गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…