शासकको उपेक्षा र विभेदकारी नीतिले मधेश पछाडी परेको छः यादव 

२०८० माघ १७ बुधबार
बिहान १०:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षा र विभेदकारी नीतिले गर्दा मधेश पछि परेको आरोप लगाएका छन् ।

जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको मधेश प्रदेश समितिद्वरा जनकपुरधाममा मंगलबार आयोजना गरेको दुई दिवसीय प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले शासक वर्गको मधेशप्रतिको विभेदकारी नीतिकै कारण मधेशको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगार जस्ता क्षेत्र विकास हुन नसकेको टिप्पणी गरे ।

मधेशी जनताले विभेदकारी राज्यसत्ताको रवैयाविरुद्ध गरेको जनविद्रोहकै बलमा मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको जिकिर गर्दै अध्यक्ष यादवले राज्यको केन्द्रीकृत मानसिकता बोकेका शासकबर्गको मधेशप्रतिको हीन चरित्र अझै सुध्रिन नसकेको उल्लेख गरे ।

“समथल भूभाग, उर्बरभूमि जस्ता विकासका आधारभूत तत्वहरु मधेशमा भएपनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एक मात्र कारण बिगतका गलत नीति, योजना र बिभेदकारी शासन प्रणाली नै हो’ पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले भने, ‘तर मुलुक संघिय शासन प्रणालीमा गएपनि उपेक्षित एवम् शोषित सीमान्तकृत वर्गमाथिको विभेद अझै उन्मूलन हुन सकेन ।”

मधेश सरकारलाई दिने बजेट लगायतको सेवा सुबिधामा समेत विभेद भैरहेको उल्लेख गर्दै अध्यक्ष यादवले उत्पीडित जनता र समुदायमाथिको विभेद अन्त्य नभए सम्म मधेश विकास निर्माणमा फड्को मार्न नसक्ने बताए ।  

समाजवादी महिला संघका प्रदेश अध्यक्ष एवम् प्रदेश सभा सदस्य संजिला यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको  उद्घाटन सत्रमा जसपा राजनीतिक समिति सदस्य एवम् समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, राजनीतिक समिति सदस्य संघीय सांसद रेखा यादव, मधेस सरकारका अर्थमन्त्री सञ्जय यादव, महिला बालबालिका मन्त्री सुरिता साह सहितका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे । 

बुधबार सम्म चल्ने प्रशिक्षणमा मधेश प्रदेशका आठ वटै जिल्लाबाट करिब एक सय बढी महिला नेत्रीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८० माघ १७ बुधबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus