जनकपुर बन्द गराउन हिँडेका प्रभु साह नेतृत्वको आजपाका कार्यकर्ताहरु पक्राउ
बैंकले मनोमानी ढंगले लिइ रहेको ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग सहित आजपाले मधेस बन्दको आह्वान गरेको हो । आम जनताको भविश्य र देशको समृद्धिसंग खेलवाड भईरहेकाले बाध्य भएर आन्दोलित हुनु परेको आजपाले जनाएको छ ।

२०८० माघ ११ बिहीबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा आम जनता पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिडेका दर्जनौ नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई।टी।आर्मीका केन्द्रीय अध्यक्ष चन्द्र भूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा ईन्चार्ज श्रीलाल महासेठ, केन्द्रीय सदस्य तथा महोत्तरी अध्यक्ष विजय कुमार साह, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष बबिता साह लगायतका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बन्द गराउन हिडेका आजपाका ६५ भन्दा बढी नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको हो ।
बैंकले मनोमानी ढंगले लिइ रहेको ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग सहित आजपाले मधेस बन्दको आह्वान गरेको हो । आम जनताको भविश्य र देशको समृद्धिसंग खेलवाड भईरहेकाले बाध्य भएर आन्दोलित हुनु परेको आजपाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…