राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई शिलान्यास गर्न नदिए मधेशका शिक्षामन्त्री यादवलाई हटाउने धम्की
रजिष्टार श्रीभगवान ठाकुरले शिलान्यासको कार्यक्रममा फेरबदल नभएको बताएका छन् । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आइतवार राति जनकपुरधाममा नै रहेका छन् । उनी सोमवार बिहान राजविराज पुग्ने छन् ।

२०८० माघ ८ सोमबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासको विरोध कार्यक्रम जनमत पार्टीले स्थगन नगरे सोमवार प्रदेश सरकारमा रहेका जनमतका शिक्षा मन्त्री महेश प्रसाद यादवलाई हटाइने छ ।
उच्चस्रोतका अनुसार शिक्षा मन्त्री यादव सप्तरीमा बसेर शिलान्यास कार्यक्रम स्थगन गर्न उपकुलपति र रजिष्ट्रारलाई निवासमा बोलाएर धम्की दिएको आरोप छ ।
सहकुलपति रहेका यादवले पदीय मर्यादा विपरीत कार्य गरेको आरोप लगाउँदै सरकारबाट हटाइने तयारी गरिएको छ । मुख्यमन्त्री यादव राजविराजमा पुगिसकेका छन् । उनी विश्वविद्यालयका कुलपति हुन् ।
रजिष्टार श्रीभगवान ठाकुरले शिलान्यासको कार्यक्रममा फेरबदल नभएको बताएका छन् । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आइतवार राति जनकपुरधाममा नै रहेका छन् । उनी सोमवार बिहान राजविराज पुग्ने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…