श्रीराम एक देशको मात्र होइन, करोडौँ सनातनीको आस्था र विश्वास होः युवा नेता मिश्रा
युवा नेता मिश्रले मिथिला र अवधको धार्मिक, पौराणिक, आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता सीताको ससुरालीमा हुने हर्ष बढाईमा धनुषा जिल्ला वासी तथा मिथिलावासी सहभागी हुन समग्र मधेस प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रमहरुका साथै दिपावली मनाउन गइरहेकाले संसारलाई त्रेता युगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको संदेश दिन सरकारी रूपमा उत्सव मनाउन प्रदेशमा उक्त दिन दिपावली मनाउन आग्रहपूर्ण सन्देश दिन अनुरोध गरेका हुन्।

२०८० माघ ६ शनिबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट युवा नेता सत्यनारायण मिश्र (उदित) ले रामको प्राण प्रतिष्ठामाथि प्रश्न उठाउनेलाई भगवानमा राजनीति नगर्न आग्रह गरेका छन् ।
भगवान राम एक देशको आस्था नभएर करोडौँ सनातनी हिन्दुहरुको आस्था र विश्वास रहेको बताएका छन् । समाजिक सँजालमा भारतको उत्तर प्रदेश अयोध्यामा ५५० बर्षपछि हिन्दु धर्मावलम्बीहरुको आस्था मानिएको भगवान रामको प्राण प्रतिष्ठामाथि राजनीतिक तवरले टिकाटिप्पणी गरेपछि उनले जवाफ फर्काएका छन् ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा युवा नेता मिश्राले सयौँ बर्षपछि भगवान रामले पालबाट मन्दिरमा आगमन गर्न लागेपछि केही सनातन विरोधी तत्वहरुलाई राजनीतिक रोटी सेक्ने अवसर पलाएको भन्दै यस्ता अवसर नपाल्न चेतावनी समेत दिएका छन् ।
उनले भगवान कुनै एक देशको एक पार्टीको एक व्यक्तिको नभई विश्वमा छरिएर रहेका हिन्दु धर्मावलम्बीहरुको आस्था र विश्वास रहेको बताए । उनले भारतको अदालती प्रक्रियाबाट भगवान रामको मन्दिर निर्माण हुनुमा केही तत्वहरुलाई दुखेको बताए ।
नेविसंघका केन्द्रीय सदस्य समेत रहेका मिश्रले भने, –“वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको विकाल मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएको छ । सो दिन दिपावली मनाउन आग्रह गर्न चाहन्छु । प्रदेश सरकार, विभिन्न मन्दिर सन्त महन्थ, विभिन्न स्थानीय तहले समेत सूचना जारी गर्नु आफैँमा आस्था दर्साएको हो । यसलाई राजनीतिकरण गरेर के फाईदा ?”
युवा नेता मिश्रले मिथिला र अवधको धार्मिक, पौराणिक, आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता सीताको ससुरालीमा हुने हर्ष बढाईमा धनुषा जिल्ला वासी तथा मिथिलावासी सहभागी हुन समग्र मधेस प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रमहरुका साथै दिपावली मनाउन गइरहेकाले संसारलाई त्रेता युगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको संदेश दिन सरकारी रूपमा उत्सव मनाउन प्रदेशमा उक्त दिन दिपावली मनाउन आग्रहपूर्ण सन्देश दिन अनुरोध गरेका हुन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…