मधेशी समुदायमाथि अझै विभेद छः महन्थ ठाकुर
२०६३ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । त्यसैको सम्झनामा मधेशकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

२०८० माघ ५ शुक्रबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेशी समूदायमाथि विभेद गरिरहेको बताउनुभएको छ ।
१७ औ वलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक वुद्धिजिवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समूदायमाथि बिभेद गरिरहेको बताउनुभएको हो ।
उहाँले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेशी समूदायमाथि दमन गर्ने गरेको जिकिर गर्नुभयो । अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेशमा कम बजेट बिनियोजन गरेको धारणा राख्नुभयो । उहाले मधेशी समूदायको हक अधिकार स्थापीत गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गर्नुभयो ।
२०६३ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । त्यसैको सम्झनामा मधेशकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…