जेसिजमा तजुर्बा र अनुभवले अध्यक्षमा उम्मेदवारी दिएको छुः उम्मेदवार साह
जेसिज जस्तो प्रतिष्ठीत सँगठनलाई चाहिने कुशल पायलटको रुपमा आफूलाई साबित गर्नको लागि नेतृत्व दिनुपर्ने जिकिर उनले गरे । उनले जेसिजको लागि मतदाताहरुसँग मत माग्दै अनुभवलाई सम्मान गर्न आग्रह गरे ।

२०८० माघ ४ बिहीबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिज बर्ष २०२४ को लागि अध्यक्ष पदका उम्मेदवार यतोश कुमार साहले जेसिजमा आफ्नो अनुभव र तजुर्बाले उम्मेदवारी दिएको बताएका छन् ।
जनकपुरमा जेसिज चुनावको चर्चा चलिरहँदा न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष पदका उम्मेदवार यतोश कुमार साहले नेतृत्वकै क्षेत्रमा लामो अनुभव बोकेको भन्दै जेसिजको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
विगत ५ बर्षदेखि विभिन्न पदमा फडको हानेका उम्मेदवार साहले जेसिजकै तर्फबाट विभिन्न अवार्डहरु समेत पाएको बताउँदै उनले जेसिजमा सुशासन कायम गर्नको लागि आफनो उम्मेदवारी रहेको बताए ।
जेसिज जस्तो प्रतिष्ठीत सँगठनलाई चाहिने कुशल पायलटको रुपमा आफूलाई साबित गर्नको लागि नेतृत्व दिनुपर्ने जिकिर उनले गरे । उनले जेसिजको लागि मतदाताहरुसँग मत माग्दै अनुभवलाई सम्मान गर्न आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…