जनकपुरको मोनाष्टिक स्कूलमा नमुना संसदीय अभ्यास, हरेक वर्ष गराउने निर्देशक साहको प्रतिबद्धता
समापन समारोहमा मधेस प्रदेश सभाको दुई सासंदको समेत उपस्थिति रहेको थियो। प्रदेश सासंद रामअशिष यादवले नमुना संसदीय अभ्यासू कानुन अध्ययनरत विद्यार्थीहरुको लागि एकदमै उपयोगी रहेको बताए। यस्ता तालिमले नेतृत्व क्षमता अभिवृद्धि हुने र सरकारलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार तहलाई जवाफदेही बनाउने उनले विश्वास व्यक्त गरे ।

२०८० पुस २९ आइतबार, बेलुकी ७:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मोनाष्टिक कलेजमा नमुना संसदीय अभ्यास गराईएको छ । देशको विभिन्न अँगमा सेवा प्रवाह गर्न अहिलेदेखि नै दक्षता प्रदान गर्ने गरी सँसदीय अभ्यास गराईएको हो ।
तीन दिवसीय कार्यक्रममा नीति तर्जुमा, सदन संचालन, कानून निर्माण प्रक्रिया र निर्वाचन प्रणालीबारे प्रशिक्षण दिइएको विद्यालयका निर्देशक डा. सोनु साहले जानकारी दिए ।
युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा ११ र १२ कानून संकटमा अध्ययनरत ९० जना विद्यार्थीको अर्थपूर्ण सहभागिता रहेको साहले बताए ।
विद्यालयका निर्देशक डा. साहका अनुसार यस्ता कार्यक्रमबाट विद्यार्थीहरुलाई नीति निर्माण तथा विद्यालयमा अध्ययन गर्न र संसदीय व्यवस्था संचालनको अभ्यास हुने जानकारी दिए। उनले भने, –“विद्यार्थीलाई थप अध्ययनशील बनाउन यस्तो कार्यक्रम आवश्यक छ ।” साथै नमुना युवा संसदीय अभ्यास आयोजना गरेको कलेजले थप यसलाई वार्षिक कार्यक्रममा लग्ने प्रतिवद्धता जनाएको छ ।
कार्यशालामा रक्कि प्रसाद साहले प्रशिक्षण दिएका थिए । साहले प्रशिक्षणमा विद्येयक निर्माणको प्रक्रिया, प्रारम्भिक मस्यौदा र नेतृत्व सिप बारे अभ्यास सहित जानकारी गराएका थिए ।
उनले युवाहरुको नीति निर्माणमा रुचि, जिम्मेवारी बढाउने उदेश्यले यसलाई लगनशीलता का साथ आगाडि लाग्नुपर्ने आवश्यक रहेको बताए । प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने उनको सुझाव छ।

समापन समारोहमा मधेस प्रदेश सभाको दुई सासंदको समेत उपस्थिति रहेको थियो। प्रदेश सासंद रामअशिष यादवले नमुना संसदीय अभ्यासू कानुन अध्ययनरत विद्यार्थीहरुको लागि एकदमै उपयोगी रहेको बताए। यस्ता तालिमले नेतृत्व क्षमता अभिवृद्धि हुने र सरकारलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार तहलाई जवाफदेही बनाउने उनले विश्वास व्यक्त गरे ।
उक्त अभ्यासमा नमुना सासंदहरुको भुमिका र लगनशीलता देखेर अर्का सासंद सारदा देवी थापाले खुशी ब्यक्त गरिन् । यस प्रकारको अभ्यासलाई निरन्तरता दिनु पर्ने उनको भनाई थियो।
सहभागी विधार्थीहरुमा धेरै छात्रालाई देखेर उनले गर्व गरेकी थिईन् । उनीहरुलाई भविष्यमा मुलधारको भुमिकामा पुग्ने आँकलन गरिन् । अतिथिहरुमा अधिवक्ता उमेश यादव र महावीर साहको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…