राष्ट्रियसभाका उम्मेदवार नेता ढुँगाना विरुद्ध गलत प्रचारवाजी गरियोः नेतृ यादव
आफ्नो नाम जोडेर आफ्ना आदरणीय नेतामाथि लगाईएको गलत आरोपको खण्डन गरेको उनले उल्लेख गरेकी हुन् । उनले विभिन्न मिडियामा आएको कपोकल्पित समाचार र तथ्यहरुलाई खारेज गरेको उल्लेख गरेकी हुन् ।

२०८० पुस २८ शनिबार, राति ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनीधि सभा सदस्य नागिना यादवले काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानामाथि लगाईएको आरोपलाई निराधार बताएकी छन् ।
साँसद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाका उम्मेदवार आनन्द ढुँगानामाथि लगाईएको आरोप कपोकल्पित र भ्रामक रहेको बताएकी छन् । उनले आफ्नो नाम जोडेर आफ्नो श्रद्धेय नेतासँग समाजिक सँजालसहित केही मिडियाहरुमा आएको तथ्य सरासर गलत रहेको भन्दै खण्डन गरेकी छन् ।
मधेश प्रदेशबाट नेपाली काँग्रेसका राष्ट्रिय सभाका उम्मेदवार ढुँगानामाथि गरिएको विभिन्न टिकाटिप्पणी कपोकल्पित एवम् षडयन्त्र रहेको बताएकी हुन् ।
आफ्नो नाम जोडेर आफ्ना आदरणीय नेतामाथि लगाईएको गलत आरोपको खण्डन गरेको उनले उल्लेख गरेकी हुन् । उनले विभिन्न मिडियामा आएको कपोकल्पित समाचार र तथ्यहरुलाई खारेज गरेको उल्लेख गरेकी हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…