धनुषाधाममा ईलाका प्रहरीको सार्वजनिक सुनुवाई
सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे , कार्यालय प्रमुख प्रहरी उपरिक्षक मित्र बन्धु शर्मा, सस्शत्र प्रहरी बल नेपाल नं. ८ हेडक्वाटर धनुषाका सशस्त्रका एसपी दिनेश मल्ल, नेपाल आर्मीको सुमेदार शिव भक्त तामाङज्यु, रष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका उप–निर्देषक दिपक खड्का,धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिबेन्द्र मण्डल धनुषाधाम नगरपालिका वडा नं २ का अध्यक्ष लक्ष्मी साह, ३ का अध्यक्ष जय नारायण यादव, ४ का अध्यक्ष मनोज यादव नेपाली बिधुत प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख रोशन सिंह ई।प्र।का धनुषाधामका प्रहरी नीरिक

२०८० पुस २७ शुक्रबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित धनुष मन्दिरको प्राङगणमा सार्वजनिक सुनुवाई गरिएको छ ।
ईलाका प्रहरी कार्यालय धनुषाधामको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई सम्बन्धित कार्यक्रम भएको छ ।
स्थानीयहरुको प्रहरी प्रशासन लगायत अन्य सरोकारवालाहरुको सेवा प्रदायक बारे जिज्ञासा् उठाएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका बिभिन्न जनगुनासोहरुको कार्यालयका कार्यालय प्रमुख द्धारा सम्बोधन गरिएको छ ।
धनुषाधाममा बृहत्त सरसफाई कार्यक्रम सम्पन्न
यसको साथै, धनुषाधामस्थित धनुष मन्दिरको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यलय धनुषाको समन्वयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृहत्त सरसफाई कार्यक्रम राखिएको, अं। २५० जनाको उपस्थितमा धनुष मन्दिर देखि धनुषाधाम बजार एरिया सम्म सरसफाई कार्यक्रम भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे , कार्यालय प्रमुख प्रहरी उपरिक्षक मित्र बन्धु शर्मा, सस्शत्र प्रहरी बल नेपाल नं. ८ हेडक्वाटर धनुषाका सशस्त्रका एसपी दिनेश मल्ल, नेपाल आर्मीको सुमेदार शिव भक्त तामाङज्यु, रष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका उप–निर्देषक दिपक खड्का,धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिबेन्द्र मण्डल धनुषाधाम नगरपालिका वडा नं २ का अध्यक्ष लक्ष्मी साह, ३ का अध्यक्ष जय नारायण यादव, ४ का अध्यक्ष मनोज यादव नेपाली बिधुत प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख रोशन सिंह ई।प्र।का धनुषाधामका प्रहरी नीरिक्षक किरण लामा,साथै भद्रभलादमी, समाजसेवी, व्यापक सहभागिता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…