तिनकोरिया चौकस्थित सरकारी स्कूलमा मेदनता क्लीनिकले दुई दिने निःशुल्क स्वास्थ्य शिविर गर्दै
निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिने छ । यसैगरी छाला तथा यौन रोग, नाक, कान, घाटी, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण गरिने छ ।

२०८० पुस २३ सोमबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका नम्बर ६ तिनकौरिया चोकस्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीमा यही पुष २७ र २८ विशेषज्ञ डाक्टर सहितको वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीको सहयोगि र जनकपुरधामस्थित रहेको चर्चित मेदनता रिसर्च क्लिनिक जनकपुरको आयोजनामा संचालक डा. दिगिवजय कुमार ठाकुरको विशेष सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
आउँदो शुक्रबार र शनिबार गरी डा. रामाशंकर प्रसाद यादव, डा. अभय मण्डल, डा. राजेश कुमार साह, डा. दिलिप कुमार यादव, डा. संजय कुमार साह, डा. सुनिल सिंह, डा. कुन्दन मिश्रसहित विशेषज्ञ डाक्टरहरुको टीमले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर गराउने भएको छ।
शुक्रबार र शनिबार हुने निशुल्क स्वास्थ्य शिविरमा १५ जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गर्ने जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीका प्रधानाध्यापक पवन कुमार मण्डले जानकारी दिए ।

रोग लागेर पनि विशेषज्ञ डाक्टरको अभावमा स्वास्थ्य उपचार गर्न नपाएका बिरामीको स्वास्थ्य उपचार गर्ने लक्ष्यसाथ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । निःशुल्क स्वास्थ्य शिविरमा विदेहनगरका बासी लाभान्वित हुने उनले आशा व्यक्त गरे ।
निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिने छ । यसैगरी छाला तथा यौन रोग, नाक, कान, घाटी, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण गरिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…