राष्ट्रियसभाको लागि काँग्रेसले लगायो यी १० उम्मेदवार टुँगो, मधेशबाट आनन्द ढुँगाना, परेन एउटा नै मधेशी 

२०८० पौष २३ सोमबार
बिहान ०८:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् ।

मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन् । वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।

विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुन् भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन् । गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् ।

गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुन् भने पदम बहादुर परियार तनहुँका हुन् । परियार अपाङ्ग पनि हुन्। उनीहरू दुवै जना संस्थापन इतर पक्षका हुन् ।

लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् ।

कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् । सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् । भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन् ।

१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।

मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाएका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । नेपाली काँग्रेसले टुँगो लगाएको उम्मेदवारको सूचिमा मधेशी समुदायबाट एउटा नै उम्मेदवार नदिएको भन्दै समाजिक सँजालमा आलोचना भएको छ । 

आनन्द प्रसाद ढुँगाना धनुषा निर्वाचन क्षेत्र नम्बर १ को बासिन्दा भएकोले उनलाई मधेशी समुदायबाटै उम्मेदवार बनाईएको बताईएको छ । 

  • 0%
  • 98%
  • 0%
  • 0%
  • 0%
  • 1%

बर्दिवासमा रामजानकी फन पार्क बनाउँदै मधेश सरकार 

  • २०८० पौष २३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशको गौरवको आयोजनाको रुपमा मानिएको बर्दिवासस्थित रामजानकी फनपार्क निर्माण हुने भएको छ । बर्दिवास नगरपालिकाले वडा नम्बर १४ स्थित रातु नदीको तटवर्ती क्षेत्रमा रामजानकी फनपार्क निर्माणका

पूरा पढ्नुहोस्

Bureau Menus