मधेशलाई भ्रष्टाचारमुक्त बनाउँछुः मुख्यमन्त्री यादव

२०८० पौष १८ बुधबार
बेलुकी ६:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिवद्ध रहेको बताएका छन् । 

अख्तियार दुरुपयोग अनुसंधान आयोगद्वारा बुधबार जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले आफूले शपथ लिएसंगै प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराए । 

अनियमितताबारे कुनै अनुसन्धान गर्ने बेलामा हाम्रो सय प्रतिशत सहयोग रहनेछ, उनले दोहोर्याए । उनले भने, कुनै कुनै ठाउँमा गडबडी पनि भएको होला, छानबीन गरेर कारवाही गर्छौं । आगामी आर्थिक वर्षमा स–साना योजना र उपभोक्ता समितिमार्फत योजना संचालन नगरिने जानकारीसमेत उनले दिए ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सामूहिक रुपमै सुशासन कायम हुनसक्ने बताउँदै सुशासनको पहिलो बिगुल संघ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकतामा जोड दिए । 

उपमेयरहरुको समस्याको सन्दर्भमा उनले भने, अधिकारको व्यवस्था ऐनमै छ, लडेर लिनुपर्छ । उपभोक्ता समितिमा ठूलो विकृति आएको चर्चा गर्दै उपभोक्ता समिति बिचौलियाका रुपमा देखिएको तिक्ततापनि राईले पोखे ।  

घर बनाउने, ढलान गर्ने, पुल बनाउने जस्ता काम कुन क्षमताका अनुसार उपभोक्ता समितिलाई दिइएको हो सोचिनुपर्दछ, उनले भने । प्रमुख आयुक्त राईले नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेटने खालको हुनुपर्ने बताउंदै यसलाई परिभाषित गर्न पनि संघ सरकारलाई भनेको स्पष्ट पारे । कानुनको ज्ञान ब्यूरोक्रेट्सलाई हुने गरेको र ब्युरोक्रेटले पनि नेताहरुलाई उकास्ने गरेको प्रवृत्तिप्रति उनले कटाक्ष गरे ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे, अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वांग, सहसचिव लक्ष्मी प्रसाद उपाध्याय, प्रदेशका मन्त्रीहरु, स्थानीय निकायका प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०८० पौष १८ बुधबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus