आन्दोलनमा प्रहरी हिरासत बसेका नेता कार्यकर्तालाई सिके राउतले बोलायो
स्वराज आन्दोलन, जनमत पार्टीको आन्दोलन वा किसान आन्दोलनको क्रममा पक्राउ परी कम्तीमा एक रात प्रहरी हिरासत बिताएका नेता कार्यकर्तालाई विशेष प्याकेजको छलफलको लागि बोलाएको हो ।

२०८० पुस १० मंगलबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न आन्दोलनमा प्रहरी हिरासतमा बसेका आफ्ना नेता कार्यकर्तालाई विशेष बैठक बोलाएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको एक सूचनामा स्वराज आन्दोलनको क्रममा प्रहरीको हिरासतमा बसेका नेता कार्यकर्तालाई काठमान्डौँ बानेश्वरस्थित रहेको जनमत पार्टीको कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।
स्वराज आन्दोलन, जनमत पार्टीको आन्दोलन वा किसान आन्दोलनको क्रममा पक्राउ परी कम्तीमा एक रात प्रहरी हिरासत बिताएका नेता कार्यकर्तालाई विशेष प्याकेजको छलफलको लागि बोलाएको हो ।
भोली बुधबार विहान ११ बजेदेखि पार्टीको सभाहलमा उपस्थितिको लागि बोलाएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…