कमला बचाउ अभियानीद्धारा तुलसी रोपणगरी तुलसी पूजन दिवस मनाईयो
सो क्रममा सँचारकर्मी अर्जुन मण्डल, नेपाल पत्रकार महासँघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत, कमला युवा सँजालका अध्यक्ष विमलेश यादव, सँतोष यादव, शम्भु यादव, जसपाका कार्यकर्ता नन्द किशोर यादव, सँचारकर्मी वीरेन्द्र रमण, नेविसँघका गुडु यादव, कमला अभियानी सुरेन्द्र यादव, राजकिशोर सल्हैता, जनमत पार्टीका प्रत्यासी साँसद एवम् युवा नेता दीपेन्द्र तेथबार यादव लगायत दर्जन बढीको सहभागीता रहेको थियो ।

२०८० पुस ९ सोमबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका अभियानीहरुले तुलसी पूजन दिवसको अवसर पारेर तुलसी बोट रोपण गरेका छन् ।
सोमबार परेको तुलसी पूजन दिवसको अवसरमा कमला बचाउ अभियानका सँयोजक विक्रम यादवको सँयोजकत्वमा कमला नदी छेउमा निर्माणधीन मन्दिर प्राँगनमा तुलसीको बोट रोपण गरिएको हो ।
कमला बचाउ अभियानीहरु, कमला युवा सँजालका पदाधिकारी, सँचारकर्मी, समाजसेवी, शिक्षकहरुको उपस्थितिमा सँयुक्त रुपमा तुलसीको बोट रोपण गरी तुलसी पूजन दिवस मनाएको हो ।
सो क्रममा टरिया घाटस्थि रहेको मन्दिर, बरेरबाघाट स्थित रहेको मन्दिर, तुलसीचौडा घाटस्थित तुलसीको बोट रोपण गरिएको हो ।
तुलसी पूजन दिवसको अवसर पारेर सँयोजक यादवको नेतृत्वमा गएको अभियानीहरुको समूहले बोट रोपण गरेको हो । तुलसीको अध्यात्मीक र धार्मिक महत्वको बारेमा प्रकाश पार्दै तुलसी पूजन दिवस मनाईएको हो ।
सो क्रममा सँचारकर्मी अर्जुन मण्डल, नेपाल पत्रकार महासँघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत, कमला युवा सँजालका अध्यक्ष विमलेश यादव, सँतोष यादव, शम्भु यादव, जसपाका कार्यकर्ता नन्द किशोर यादव, सँचारकर्मी वीरेन्द्र रमण, नेविसँघका गुडु यादव, कमला अभियानी सुरेन्द्र यादव, राजकिशोर सल्हैता, जनमत पार्टीका प्रत्यासी साँसद एवम् युवा नेता दीपेन्द्र तेथबार यादव लगायत दर्जन बढीको सहभागीता रहेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…