मृतक आरती साहका श्रीमान मोतीबाबु जनकपुरबाट पक्राउ, धर्ना बसेका परिवारलाई थप राहत
यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको थियो । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना थुनाबाहिर थिए ।

२०८० पुस ९ सोमबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। आरती साह मृत्यु प्रकरणमा विगत १८ दिनदेखि फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले साहलाई सोमबार बिहान जनकपुरधामाको सिताचोकस्थित होटल सगुनबाट पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबुलाई गत मंसिर २० गते थुनामा पठाउन आदेश दिएको थियो ।
न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएसँगै उनी फरार भएका थिए ।
यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको थियो । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना थुनाबाहिर थिए ।
यता, आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा १९४ दिनदेखि धर्नामा बसेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…