मधेशीको मानसिकता परिवर्तन हुनु जरुरी छः मन्त्री सिँह 

२०८० पौष ९ सोमबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मुलुकमा परिवर्तन भए पनि मधेशीको मानसिकतामा परिवर्तन हुन नसकेको बतएका छन् ।

महोत्तरीको रामगोपालपुर वडा नम्बर ९ पर्सामा जानकी एकेडेमी होस्पिटलको दोस्रो बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मन्त्री सिंहले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भइ सक्दा पनि मधेशीमा खुट्टा तान्ने प्रवृत्ति अझै कायमै रहेको बताउँदै खुट्टा तान्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी रहेको बताए । स्वास्थ्य, शिक्षा, आर्थिक अवस्थाको सूचकांकमा मधेश कर्णाली प्रदेश भन्दा पनि पछाडि रहेको भन्दै मन्त्री सिंहले अति विकट जिल्ला भन्दा पनि मधेशको अवस्था दयणीय हुनुमा हामी आफै दोषी रहेको बताए ।

मधेश प्रदेश सवै भन्दा बढी सुलभ ठाउँ रहेको भए पनि आर्थिक अवस्थामा मधेश कमजोर हुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए । मधेश प्रदेश सरकार जनताका लागि स्वास्थ्य, शिक्षाको सूचकांकमा माथि उकास्न प्रयासरत रहेको बताउँदै मधेशका आठ वटै जिल्लाका आठ वटै अस्पतालको क्षमता अभिवृद्धि गरी एक सय वेड सम्मको बनाएको र आगामी दिनमा यसमा अतिआवश्यक उपकरण र जनशक्ति पूर्ति गरिने जानकारी दिए ।

मधेश प्रदेश सरकारले फागुन महिना भित्र ४ सय ३२ अस्थायी दरवन्दी मा भर्ना गर्ने र बैशाख महिनादेखि नयाँ अनुभूति दिलाउनेको गृहकार्य गरिरहेको बताए । उनले अव अरुलाई दोष दिएर नहुने बताउँदै मन्त्री सिंहले सवैले आ–आफ्नो ठाउँबाट प्रयास गरे मधेश प्रदेश समृद्ध हुने दावी गरे । मन्त्री सिंहले सटरमा खोलिएका अस्पतालहरुलाई समय सीमा दिएको जानकारी दिँदै सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगर्नेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिए ।

एक सय वेडको स्वीकृति लिएका जानकी एकेडेमी होस्पिटलले तीन सय वेडको भौतिक संरचना तयार गरेका छन् । पाँच सय एमएको सीटी स्केन, ६४ स्लाइसको एक्सरे लगायत २४ औं घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएका सो अस्पतालले आगामी दिनमा ३०० वेडको अस्पताल बनाउने योजना बनाएका छन् । 

महोत्तरी जिल्लाको अति दुर्गम मानिएको सो क्षेत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक समस्या हुने गरेको थियो । सो क्षेत्रका जनताका लागि भारतको सीतामढी र जनकपुरधाम आउनु बाहेक अन्य कुनै विकल्प नरहेको अवस्था सो क्षेत्रमा अस्पताल सञ्चालनमा ल्याउन कठिनाइ भएको अस्पतालका सञ्चालक डा. सुरेन्द्र यादवले जानकारी दिए । 

उनले गत बर्ष ४ करोड रुपैयाँ नोक्सानी भए पनि आपूmहरुलाई स्थानीयले दिएको माया र स्नेहले अस्पताल सञ्चालन हुँदै आएको बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८० पौष ९ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus