जनकपुरमै जोखिमपूर्ण यात्रा गर्न बाध्य, कैयौँ पटक दुर्घटना
सो पूल मानिको पैदल आवतजावतको लागि बनाईएपनि यात्रुहरु सवारी लिएर पार गर्दा दुर्घटना हुने गरेको छ । यद्यपी, वडा कार्यालय वा नगरपालिकाले सो ठाउँमा फराकिलो अस्थायी पूल बनाउन सके सर्वसाधारणलाई सहज हुने निश्चित छ । सो बाटोमा सवारी निषेध भनेर बोर्ड लगाएपनि दुर्घटना नहुने बताईन्छ ।

२०८० पुस ८ आइतबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोक विद्यानगर र वडा नं. १६ कपिलेश्वर बस स्टैण्ड जोडने जमुनी पुल निर्माणको लागि बनाईएको डाईभर्सनमा प्रायः दुर्घटना हुने गरेको छ ।
हजारौँ आवतजावत रहेको सो पूल काठको अस्थायी पूल बनाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । साँगुरो र सानो पुल भएको कारण मोटरसाईकल चढी जाने यात्रु प्राय नदीमा खस्ने गरेका छन् ।
निर्माणधीन पूलको २०० मिटर उत्तर जलाद पूलबाट आवतजावत गर्ने सहज सडक भएपनि सोही बाटो यात्रुहरु प्रयोग गर्दा दुर्घटना हुँदै आएको छ । सो बाटो स्थानीय वस्तीको लागि मात्र आवतजावतको लागि बनाएपनि आन्तरिक तथा बाह्य यात्रुहरु सो पूललाई झन जीर्ण बनाउँदा स्थानीयहरु समेत आक्रोसित बनेका छन् ।
गाडी, मोटरसाईकलको लागि जलाद पुल वा स्टेशनस्थितको पुल उत्तम विकल्प भएपनि साँगुरो पुल प्रयोग गर्दा दुर्घटना हुने गरेको छ । यसमा यात्रुहरु स्वयँम दोषी रहेको स्थानीयहरु बताउँछन् ।
सो पूल मानिको पैदल आवतजावतको लागि बनाईएपनि यात्रुहरु सवारी लिएर पार गर्दा दुर्घटना हुने गरेको छ । यद्यपी, वडा कार्यालय वा नगरपालिकाले सो ठाउँमा फराकिलो अस्थायी पूल बनाउन सके सर्वसाधारणलाई सहज हुने निश्चित छ । सो बाटोमा सवारी निषेध भनेर बोर्ड लगाएपनि दुर्घटना नहुने बताईन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…