सूचना दिन आलटाल गर्ने पशु सेवा कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको निर्देशन
न्यूज ब्यूरो, सिरहा, २१ जेष्ठ । सूचनाकालागि जिल्ला पशु सेवा कार्यालयमा पेश गरिएको निवेदन प्रमुख डा. काशिनाथ यादवले दर्ता गर्न नमानेपछि माँग अनुसारका सूचना उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएको छ । सञ्चारकर्मीले जिल्ला पशुसेवा कार्यालय सिरहामा रहेका केही सूचना उपलब्ध गराईदिन पत्र दिदा ज

२०७५ जेठ २१ सोमबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, २१ जेष्ठ । सूचनाकालागि जिल्ला पशु सेवा कार्यालयमा पेश गरिएको निवेदन प्रमुख डा. काशिनाथ यादवले दर्ता गर्न नमानेपछि माँग अनुसारका सूचना उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएको छ ।
सञ्चारकर्मीले जिल्ला पशुसेवा कार्यालय सिरहामा रहेका केही सूचना उपलब्ध गराईदिन पत्र दिदा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवले सूचना दिन अटेरी गरी पत्र नै बुझन नमानेकोले सूचनाको हक सम्बन्धी ऐन तथा नियमावली अनुसार माँग भएको सूचना उपलब्ध गराउन जिल्ला पशु सेवा कार्यालयलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आइतबार निर्देशन दिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…