न्यूज ब्यूरो, वीरगँज । विभिन्न पार्टी परित्याग गरी पर्साको छिपहरमाई गाउँपालिकामा सयौ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरी आज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेलाई आउँदो स्थानीय तह , प्रदेश र संघियमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रतिबद्धता ब्यक्त गर्दै एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले छिपहरमाई गाउँ कमिटिले छिपहरमाई गाउँपालिकाको वडा नं ३ जयमंगलापुरमा आयोजित गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला ईन्चार्य साँसद प्रभु हजराले नेपाली काँग्रेस र जसपा पार्टी प्रत्याग गरि आउँनेलाई अबिर ,फुलमाला र खादा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुन् ।
जसपा नेपाल बाट पार्टी प्रत्याग गरि पार्टी प्रबेश गरेका छिपहरमाई गाउँपालिका वडा नं २ का धुरेन्द्र साह, पुर्व शिक्षक भरत साह कानु,लगाएत ५१ जना, नेपाली काँग्रेस बाट वडा नं ५ का सुदिप महतो केवटको अगुवाईमा ५१ जना, वडा नं ४ तुल्सीवर्वाका सगिर मियाँ,अनि साहको अगुवाईमा ५१ जना, वडा नं १ मिर्जापुर बाट कपिलदेव यादव,नरेश यादवको अगुवाईमा ५५ जना, वडा नं ३ बाट ४५ जना गरि बिभिन पार्टी प्रत्याग गरि सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन।
पार्टी प्रबेश गराउदै पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हजराले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । यो सरकार ले भ्रष्टाचार बाहेक कुनै काम राम्रो गरेको छैन। देश मा मन्दी र बेरोजगारी बाहेक कुनै राम्रो गरेको छैन।
अब देश र जनताहरु लाई बचाउने पार्टी नेकपा एमाले बाहेक कुनै शक्ति मा नदेखिएको बताए । नेकपा एमाले को मिशन २०८४ रहेको ले सबै गाउँ ठाउँ बाट अगाडि बढेर मिशन पूरा गर्न अनुरोध समेत गरे। उनले यस छिपहरमाई जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले एमालेको सरकार पुनः नेतृत्वमा आउँने उद्घोष गरे ।
नेकपा एमाले छिपहरमाई गाउँपालिका कमिटि उपाध्यक्ष किशोरी साह कानुको अध्यक्षतामा आयोजीत कार्यक्रममा जिल्ला ईन्चार्य बिश्वमभर शार्मा , संविधान सभा सदस्य जयप्रकाश थारु ,केन्द्रीय सदस्य जालिम मियाँ , नेकपा एमाले जिल्ला सचिव एवम छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायत नेताले नवप्रबेशी हरुलाई अबिर फुलमाला र खादा ओढाएर पार्टी प्रबेश गराउदै स्वागत तथा शुभकामना समेत दिएका छन। सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…