भगवान रामजानकीलाई आफ्नै नगरमा स्वागत गर्न पाउँदा धन्य भयौँः मेयर यादव
हिन्दु सम्राट सेनाले निकालेको शोभायात्रा र रैलीमा समेत सहभागी जनाएका मेयर यादवले कमला बचाउ अभियानको अभियन्ताहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले अर्को बर्ष समेत सोही बाटो भएर मटकोर गर्न आउन दिन आग्रह गरे ।

२०८० मंसिर ३० शनिबार, बेलुकी ७:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले रामजानकी मटकोरको डोलालाई स्वागत गर्दै धन्य महसुस भएको बताए ।
शनिबार जनकपुरधामबाट शहिदनगर नगरपालिकाको बाटो भएर कमला नदीसम्म डोला प्रस्थान गरेको बेला शहिदनगरमा भव्य स्वागत गर्दै मेयर यादवले आर्शिवाद थाप्दा धन्य महसुस भएको बताए ।
उनले सनातन धर्मको सौन्दर्यता र मनभित्रको खुसी खोज्न बाहिर जानुपर्ने आवश्यकता नै नरहेको बताउँदै प्रत्येक बर्ष रामजानकीको डोलालाई स्वागत गर्न आतुर रहेको बताए ।
शँकारार्च महाराजलाई स्वागतसहित आशिर्वाद लिन घण्टौ कुरेका मेयर यादवले नगरपालिका र नगरवासीको तर्फबाट साधुसन्तहरुलाई स्वागत गरे । उनले कमला नदीसम्म रामजानकी डोलाको पछिपछि नारा लगाउँदै गएको बताए ।
हिन्दु सम्राट सेनाले निकालेको शोभायात्रा र रैलीमा समेत सहभागी जनाएका मेयर यादवले कमला बचाउ अभियानको अभियन्ताहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले अर्को बर्ष समेत सोही बाटो भएर मटकोर गर्न आउन दिन आग्रह गरे ।
कमला नदीमा मटकोर विधि गर्न गएको कृतिम सजाइएको रामजानकी र सयौँ साधुसन्तहरुको लस्करलाई मेयर यादवले यदुकूहादेखि नै स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…